७ मंसिर २०८१, शुक्रबार

नेपालको महिला क्रिकेट टोलीले आज थाईल्यान्डसँग अभ्यास खेल खेल्दै ।


नेपाली महिला क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा आज थाईल्यान्डसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे मलेसियामा शुरु हुँदैछ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अघि नेपालले अन्तिम तयारी खेल खेल्न लागेको हो ।

यसअघि शनिवार नेपालले चार देशीय महिला टी–२० को उपाधि जितेको थियो ।

फाइनलमा हङकङलाई डकवर्थ लेविस पद्धतिको आधारमा १३ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।

आईसीसी महिला विश्वकप टि–२० एसिया क्षेत्र छनोट अगष्ट ३१ देखि ९ सेप्टेम्बरमा मलेसियामा हुनेछ।

नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् ।

समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् ।

शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा ग्लोबल महिला टी–२० विश्वकप खेल्न पाउनेछन् ।