५ कार्तिक २०८३, बुधबार Wednesday, October 21, 2026

सुनसरीमा ‘हेल्थ संवाद’ कार्यक्रम सम्पन्न


सुनसरी – संवाद फाउन्डेसन सुनसरीको आयोजनामा दुहबी–१२, पूर्वकुशाहामा ‘हेल्थ संवाद’ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा स्थानीय बासिन्दाको रक्त परीक्षण, आधारभूत स्वास्थ्य जाँच तथा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक गतिविधि सञ्चालन गरिएको थियो। कार्यक्रममा स्थानीय समुदायलाई नियमित स्वास्थ्य परीक्षण तथा स्वास्थ्यप्रति सचेत रहनुपर्ने विषयमा जानकारीसमेत दिइएको थियो।

कार्यक्रमको समन्वय संवाद फाउन्डेसन सुनसरीकी संयोजक आरती यादवले गरेकी थिइन्। फाउन्डेसनका सदस्य सचिव गिरेन कुमार साहसहित अन्य सदस्यहरूको सहभागिता रहेको कार्यक्रममा संवाद फाउन्डेसन मोरङका संयोजक सुनिल यादव र उनको टोलीको पनि सहभागिता थियो।

कार्यक्रमलाई लियो क्लब अफ विराटनगर ए वानले सहयोग गरेको थियो।

संवाद फाउन्डेसनले स्वास्थ्य, जनचेतना र सामाजिक उत्तरदायित्वसँग सम्बन्धित समुदायकेन्द्रित कार्यक्रमलाई निरन्तरता दिँदै सकारात्मक सामाजिक परिवर्तनका लागि काम गर्दै आएको जनाएको छ।

ताजा समाचार