६ कार्तिक २०८३, बिहीबार Thursday, October 22, 2026

स्वामीकार्तिक ३ र ४ मा कांग्रेसको वडा कार्यसमिति गठन तथा जिल्ला प्रतिनिधि चयन ।


बाजुरा

नेपाली कांग्रेसले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ र ४ मा वडा कार्यसमिति गठनसँगै पार्टीको १५औँ महाधिवेशनका लागि जिल्ला प्रतिनिधि चयन गरेको छ । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्वामीकार्तिकमा वडा कार्य समिती गठन तथा जिल्ला प्रतिनिधि चयन गरेको हो ।
आज सम्पन्न वडा अधिवेशनबाट वडा नं. ३ मा हिराशंकर उपाध्यायको सभापतित्वमा र वडा नं. ४ मा भुवनकुमार धामीको सभापतित्वमा १३÷१३ सदस्यीय वडा कार्यसमिति गठन गरिएको हो ।
वडा नं. ३ को उपसभापतिमा धनबहादुर शाही र बेगबहादुर शाही, सचिवमा चेनकुमार शाही, कोषाध्यक्षमा जनदेवी उपाध्याय तथा सहसचिवमा सानुकुमारी शाही चयन हुनुभएको छ । त्यस्तै, वडा नं. ४ को उपसभापतिमा मन सन्ज्याल र नमराज धामी, सचिवमा प्रेम महतारा, कोषाध्यक्षमा तिलक सन्ज्याल तथा सहसचिवमा रन्जित लुवार चयन हुनुभएको वडा कार्यसमितिले जनाएको छ ।
यसैगरी, १५औँ महाधिवेशनका लागि वडा नं. ३ बाट २१ र ४ बाट १३ जना जिल्ला प्रतिनिधिसमेत छनोट गरिएको छ । वडा नं. ३ बाट सरोजबहादुर शाही, दिपेशजंग शाही, पूर्णबहादुर शाही, लोकेन्द्रबहादुर शाहीलगायत तथा वडा नं. ४ बाट भुवनकुमार धामी, प्रेम महतारा, नन्दप्रसाद सन्ज्याल, कृष्णराज गिरी, रोशन धामी र थुमकला महतारा लगायत १३ जना जिल्ला प्रतिनिधि चयन भएका छन् ।
वडा अधिवेशनमा पार्टीको संगठनलाई थप व्यवस्थित, सुदृढ र प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ । देउवा पक्षको आगामी अधिवेशन तथा पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउँदै संगठन विस्तार र सुदृढीकरणमा जोड दिने निर्णयसमेत गरिएको बताइएको छ ।

ताजा समाचार