६ कार्तिक २०८३, बिहीबार Thursday, October 22, 2026

दसैँ–तिहारका लागि असोज २३ देखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ने


काठमाडौँ-दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला गर्ने निर्णय गरेको छ।

यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाहरूको बैठकले देशभर सञ्चालन हुने लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले असोज २३ गतेदेखि टिकट बुकिङ सुरु हुने जानकारी दिएका छन्।

लगातारको वर्षा, बाढी र पहिरोका कारण अवरुद्ध भएका प्रमुख राजमार्ग तत्काल मर्मतसम्भार गरी यातायात सञ्चालन सहज बनाउने सरकारले प्रतिबद्धता जनाएपछि व्यवसायीहरू अग्रिम टिकट बुकिङ खोल्न सहमत भएका हुन्।

बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए।

ताजा समाचार