८ मंसिर २०८१, शनिबार

एसिया कप : श्रीलङ्कासँगकाे खेलमा बङ्गलादेश पहिला ब्याटिङ गर्दै


एसिया कप क्रिकेटमा श्रीलङ्कासँगकाे खेलमा बङ्गलादेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकाे छ ।

श्रीलङ्काकाे पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर बङ्गलादेशका कप्तान शाकिब अल हसनले पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । एसिया कपमा श्रीलङ्का सबैभन्दा सफल टिमकाे दाेस्राे नम्बरमा छ, उसले अहिलेसम्म ६ पटक उपाधि जितेकाे । बङ्गलादेश भने ३ पटककाे उपविजेता हाे । एसिया कपमा सबैभन्दा सफल भारतले ७ पटक उपाधि जितेकाे छ ।

यही ३१ गतेसम्म हुने १६ ‍औँ संस्करणकाे एसिया कप पाकिस्तान र श्रीलङ्कामा भइरहेकाे छ । प्रतियाेगिताकाे समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् ।

श्रीलङ्काकाे प्लेइङ ११ : पथुम निसन्का, दिमुथ करुनारत्ने, कुसल मेन्डिस (विकेटकिपर), सदीरा समाराविक्रमा, चरिथ असलन्का, धनन्जय डी सिल्भा, दसुन शनका (कप्तान), दुनिथ वेलालेग, महीश थीकशना, कसुन रजिता र मथीशा पथिरना ।

बङ्गलादेशकाे प्लेइङ ११ : माेहम्मद नइम, तन्जिद हसन, नजमुल हाेसेन शान्ताे, त्वहिद हृदाेय, शाकिब अल हसन (कप्तान), मुशफिकर रहिम (विकेटकिपर), मेहेदी हसन मिराज, महेदी हसन, तस्किन अहमद, शाेरिफुल इस्लाम र मुस्ताफिजुर रहमान ।