८ मंसिर २०८१, शनिबार

गोरखा बजारको खोलखोलेमा शङ्कास्पद वस्तु भेटिएपछि आबुखैरेनी–गोरखा सडक बन्द


गोरखा नगरपालिकाको खोलखोले कट्टेलचोक नजिकै सडकमा शङ्कास्पद वस्तु फेला परेकाे छ ।

आज बिहान झन्डै ५ बजे सडकमा शङ्कास्पद वस्तु देखिएपछि आबुखैरेनी–गोरखा सडक खण्डमा आवतजावत बन्द गरिएकाे एसपी अनुपम श्रेष्ठले बताउनुभयाे ।

सडकको बीचमा नयाँ प्रेसरकुकरमा तार जोडेर छाडेको अवस्थामा फेला परेको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रेसरकुकर नजिकै रातो झण्डा पनि भेटिएकाे छ ।

नेपानी सेनाकाे बम डिस्पाेजल टाेलीले शङ्कास्पद वस्तु निष्क्रिय पारेपछि सडक सञ्चालनमा आउने उहाँले बताउनु भयाे ।