८ मंसिर २०८१, शनिबार

दक्षिण अफ्रिकासँगको टी–२० शृङ्खला अष्ट्रेलियालाई


दक्षिण अफ्रिकासँगको टी–२० शृङ्खला अष्ट्रेलियाले जितेको छ । गएराति डरबानमा भएको दोस्रो खेल ८ विकेटले जितेसँगै एक खेल बाँकी छँदै अष्ट्रेलियाले शृङ्खला जितेको हो ।

दक्षिण अफ्रिकाले दिएको १ सय ६५ रनको लक्ष्य अष्ट्रेलियाले ३१ बल बाँकी छँदै जम्मा २ विकेट गुमाएर भेट्टायो । उसका लागि म्याथु शर्टले ६६ र मिचेल मार्सले ४५ बलमा नटआउट ७९ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि एडियन मार्करमले सर्वाधिक ४९ रन बनाए ।

बलिङतर्फ अष्ट्रेलियाका सिन एबोट र नाथम एलिसले ३/३ विकेट लिए । तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ । अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच पाँच खेलको एकदिवसीय शृङ्खला  हुँदैछ । यो शृङ्खला सेप्टेम्बर ७ तारिख अर्थात् आउँदो बिहीवारदेखि शुरु हुनेछ ।