९ मंसिर २०८१, आईतवार

कामनपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको छ : सुनिता डंगोल


काठमाण्डाै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कामनपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको बताउनुभएको छ ।

शनिवार काठमाण्डौमा आयोजित नाट्यकर्मी महासंघ नेपालको दोस्रो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले महानगरपालिकाले बाँकी कार्यकालमा के गर्ने भनेर सबै किसिमका योजना बनाएको र फिल्म क्षेत्रलाई पनि याे योजनाअन्तर्गत प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

उहाँले काठमाण्डाै महानगरपालिकालाई चिनाउने महत्वपूर्ण माध्यम फिल्म सेक्टर भएको भन्दै महानगरले युनेस्को ‘क्रिएटिभ सिटिज नेटवर्क’मा महानगरपालिकालाई चिनाउन ‘क्रिएटिभ सिटिज अफ फिल्म’ भनेर ‘प्रपोजल’ पठाएको र ‘प्रपोजल’को नतिजा २०२४ को शुरुमा आउने र युनेस्को पदकबाट कामनपा पुरस्कृत हुने बताउनु भयो ।

उहाँले काठमाण्डाैको सुन्दरता, कलाकृति, सम्पदा र संस्कृतिलाई जोगाउन फिल्म नै एउटा माध्यम रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शुरुदेखि नै बोल्दै आएको र अहिले हामीले एउटा काम पनि गर्दैछौँ । फिल्म सेक्टर, ड्रामामार्फत होस् वा थिएटरमा हेर्ने मुभीहरु हुन्, सबै पाटोलाई बलियो पाटको रुपमा लग्नुपर्छ भनेर काठमाण्डौ महानगरपालिकाले युनेस्को क्रिएटिभ सिटिज नेटवर्क भनेर छ । विभिन्न क्रिएटिभ सेक्टरहरुमा जस्तै, खाना, आर्ट, म्युजिक यस्ता विभिन्न क्षेत्रको सात विभिन्न क्षेत्र र विधामा युनेस्को क्रिएटिभ सिटिज नेटवर्क भनेर संसारको विभिन्न सहरहरु त्यो नेटकवर्कमा बस्छन् । कसैले क्रिएटिभ सिटिज अफ म्युजिक भनेर दर्ता गर्छ कसैले क्रिएटिभ सिटिज अफ ग्यास्ट्रोनोमिज भनेर खानेकुरालाई नै भनेर त्यो सहरलाई ब्राण्डिङ गरिरहेको हुन्छ भने कामनपाले हामीले अप्लाइ गरेका छौँ । यो २०२४ को शुरुसम्म त्यसको रिजल्ट आउँछ । हामी त्यो अवार्ड पाउनेछौँ ।’

उपमेयर डंगोलले काठमाण्डौलाई झल्काउन रंगमञ्चको महत्वपूर्ण भूमिका हुने बताउनु भयो ।