७ कार्तिक २०८३, शुक्रबार Friday, October 23, 2026

सिन्धुपाल्चोकको पाँचकिलोमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, चार जना घाइते


सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ मा पर्ने पाँचकिलोमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जीपमा रहेका चार जना घाइते भएका छन् ।

गएराति दोलखाबाट सिन्धुपाल्चोकको खाडीचौरका लागि छुटेको बा १५ च ९३७० नम्बरको जीप लामोसाँघु जिरीखण्डको पाँचकिलोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

दुर्घटनामा दुई जना पुरुषको ज्यान गएको र तीमध्ये एक जना उत्तम महर्जन रहेका प्रहरीले जनाएकाे छ । अर्का एक जनाको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्सपेक्टर सञ्जीवकुमार यादवले जानकारी दिनुभयो ।

घाइते चार जनाको सदाबहार अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काभ्रेको धुलीखेल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

ताजा समाचार