७ कार्तिक २०८३, शुक्रबार Friday, October 23, 2026

नेम्वाङको राजकीय सम्मानकासाथ आज अन्त्येष्टि हुँदै


संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानकासाथ आज अन्त्येष्टि हुँदैछ।

पशुपति आर्यघाटमा अन्त्येष्टि हुनुअघि शवयात्रा हुनेछ । नेम्वाङको निजी निवास बालुवाटार–शिक्षण अस्पतालदेखि महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाटसम्म शव यात्रा हुने एमालेले जनाएको छ ।

नेम्वाङको हृदयघातका कारण गएको सोमवार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उहाँको पार्थिव शरीरलाई हिजो बालुवाटारमा रहेको निवासमा लगिएको थियो ।

नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै सरकारले आज देशभर शोक बिदा दिएको छ ।

ताजा समाचार