काठमाण्डौको तीनकुने गैह्रीगाउँमा चार जनाको शव फेला परेको छ । दिव्य फर्निचर मिलभित्र एकै परिवारका तीनसहित चार जनाको शव भेटिएको हो ।
काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा चार वटा शव फेला परेको हो ।
हत्या हुनेमा दुई महिला र दुई पुरुष रहेका छन् । दोलखा घर भएका कुमार भुजेल, उहाँकी श्रीमती अम्बिका र कुमारकी आमा शुभद्रा भुजेल तथा मोरङ घर भएका नवीन राईको शव भेटिएको प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा प्रहरी परिचालन गरी थप अनुसन्धान भइरहेको पनि उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले जानकारी दिनुभयो । मैनालीका अनुसार घटनाकाे अनुसन्धानका लागि काठमाण्डाैकाे तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई साेधपुछका लागि पक्राउ गरिएकाे छ ।
घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ । घटना राति १२ बजेतिर भएको हुन सक्ने अनुमान गरिएको छ ।