७ कार्तिक २०८३, शुक्रबार Friday, October 23, 2026

स्पेनको एक रात्रि क्लबमा भएको आगलागीमा परेर ज्यान गुमानेको सङ्ख्या १३ पुग्यो


स्पेनको एक रात्रि क्लबमा भएको आगलागीमा परेर ज्यान गुमानेको सङ्ख्या १३ पुगेको छ ।

आइतवार बिहान मर्सिया सहरको बाहिरी भागमा रहेको टेट्रे नाइट क्लबमा आगलागी भएको थियो ।

प्रहरीका अनुसार १४ जना अझै बेपत्ता छन् ।  त्यसैले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको बिबिसीले जनाएकोे छ । मर्सियाका मेयर जोसे बालेस्टाले आगलागीबाट ठूलो मानवीय क्षति व्यहोरेको बताउनुभयो ।

स्थानीय अधिकारीका अनुसार ४० जना अग्निनियन्त्रकले घटनास्थलमा काम गरिरहेका छन् र भत्किएको छानामुनि अझै धेरै पीडित हुन सक्ने अनुमान गरिएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार