८ मंसिर २०८१, शनिबार

जाजरकोट भूकम्पका पीडितकालागि भारतद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण


जाजरकोट भूकम्पका पीडितका लागि भारतले पहिलो खेपमा १० करोड भारतीय रुपैयाँ (१६ करोड नेपाली रुपैयाँ) को आपतकालीन राहत सामग्री नेपाल पठाएको छ । काठमाडौंस्थित भारतीय दूतावासका अनुसार ती सामान आइतबार नेपालगञ्ज आइपुगेको छ ।

भारतीय वायुसेनाको एक विशेष विमान सी-१३० ले ११ टनभन्दा बढी आपतकालीन राहत सामग्री लिएर आएको हो । जसमा त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ्ग ब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधी छन् ।

यी राहत सामग्री भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले यी राहत सामग्री कर्णालीका माननीय मुख्यमन्त्री राज कुमार शर्माको उपस्थितिमा नेपालका माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्री श्री पूणर् बहादुर खड्कालाई हस्तान्तरण गर्नुभयो ।

घनिष्ट मित्र र छिमेकी भएको नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकाहरुलाई हर सम्भव सहयोग गर्न भारत प्रतिवद्ध रहेको भारतीय दूतावासले जनाएको छ ।