८ माघ २०८२, बुधबार ०८:४४
फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवन जिल्लामा ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मङ्गलबार तीन निर्वाचन क्षेत्रमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । चितवन जिल्लामा तीनवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र छन् । तीन पदका लागि...
८ माघ २०८२, बुधबार ०८:१९
उज्यालो नेपाली पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १२० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । पार्टीका नेता जितराम लामाका अनुसार केही निर्वाचन क्षेत्रको विवरण आउन बाँकी रहेकाले अन्तिम संख्या अझै बढ्न सक्ने सम्भावना छ । अहिलेसम्म १२०...
८ माघ २०८२, बुधबार ०६:२२
जापानको एक अदालतले पूर्व प्रधानमन्त्री सिन्जो आवेको हत्या गर्ने अभियुक्त तेत्सुया यामागामीलाई आजीवन काराबासको सजाय सुनाएको छ । ४५ वर्षीय यामागामीले तीन वर्षअघि चुनावी सभाका क्रममा अवेमाथि गोली प्रहार गरी हत्या गरेका थिए । अभियोजक पक्षले यो घटनालाई ‘युद्धपछिको जापानी...
७ माघ २०८२, मंगलवार १०:४७
रुकुम । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् । उनी यसअघि तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका...
७ माघ २०८२, मंगलवार १०:१५
महोत्तरी । महोत्तरीको क्षेत्र नं १ मा नेकपा एमालेबाट लक्ष्मी महतो कोइरीले उम्मेदवारी दर्ता गराएका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट कोइरीले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत गगनदेव महतोले जानकारी दिए । कोइरी यस क्षेत्रका निवर्तमान प्रतिनिधिसभा सदस्य हुन्...
७ माघ २०८२, मंगलवार १०:०१
काठमाडौं । आगामी २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि पूर्वअर्थमन्त्रीहरू चुनावी मैदानमा छन् । यसपालि पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्री डा. बाबुराम भट्टराईले पुन: चुनावमा होमिने निर्णय गरेका छन् । यसअघि चुनाव नउठ्ने घोषणा गरेका उनी गोरखा-२ बाट निर्वाचनमा होमिएका हुन् ।...
७ माघ २०८२, मंगलवार ०९:२६
ओखलढुंगा । नेकपा एमाले परित्याग गर्दै अम्बिरबाबु गुरुङ नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बन्ने भएका छन् । एमालेले ओखलढुंगाबाट अस्मिता थापालाई उम्मेदवार बनाएपछि गुरुङ असन्तुष्टि थिए । लिखु गाउँपालिकाका उपाध्यक्ष रहेकी थापाले आकांक्षासमेत नराखे पनि टिकट दिइएको भन्दै असन्तुष्ट गुरुङलाई नेकपाले...
७ माघ २०८२, मंगलवार ०८:४०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले झापा–५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । ओली यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । यो...
७ माघ २०८२, मंगलवार ०८:३४
काठमाडौँ । भक्तपुर–२ मा शोभा पाठकले उम्मेदवारी दिएकी छन् । उनी मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा नेपाल जनसेवा पार्टीबाट आफ्नो उम्मेदवारी दर्ता गराउन पुगेकी हुन् । पार्टीको चुनाव चिह्न जुत्ता रहेको छ । सोही क्षेत्रमा एमाले सचिव महेश बस्नेतले पनि उम्मेदवारी दर्ता...