३० चैत्र २०८२, सोमबार

पूर्वसभामुखहरूसँग छलफलमा सभामुख अर्याल


सभामुख डोलप्रसाद (डीपी) अर्याल पूर्वसभामुखहरूसँग छलफलमा जुटेका छन् ।

उनले आइतबार पूर्वसभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गरे ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान–प्रदान, संघीय संसदको प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा विचारविमर्श भएको सभामुखको सचिवालयले जनाएको छ ।