१९ आश्विन २०८०, शुक्रबार ०३:०३
चीनको हाङ्झाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । भारतसँग पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो । केहीबेर...
१७ आश्विन २०८०, बुधबार ०७:३०
अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीलाई पदबाट हटाइएको छ । संसदमा भएको मतदानपछि रिपब्लिकन सभामुख म्याक्कार्थीलाई पदबाट हटाइएको हो । मतदानमा सभामुख म्याक्कार्थीलाई हटाउने पक्षमा २ सय १६ मत र नहटाउने पक्षमा २ सय १० मत परेको थियो । सभामुख म्याक्कार्थीले...
१७ आश्विन २०८०, बुधबार ०७:२८
भारतको पूर्वोत्तर राज्य सिक्किममा ठूलाे वर्षापछि टिस्टा नदीमा आएको बाढीले भारतीय सेनाका २३ जवान बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बाढीले सेनाका केही गाडी पनि बगाएको छ । यस्तै, बाढीमा परेर जलविद्युत् आयोजनाका केही कर्मचारी...
१६ आश्विन २०८०, मंगलवार ०३:४६
देशभरको मौसम बदली भएको छ । आज र भोलि देशभरकै मौसम बदली हुने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ...
१६ आश्विन २०८०, मंगलवार ०३:४५
सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुका स्वास्थ्यकर्मी माथि अस्पतालमै दुर्व्यवहार भएको छ । अस्पतालमा उपचारका लागि आएका एक बिरामीले उपचारकै क्रममा सोमवार ड्युटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि हातपातको प्रयास गरेका जनाइएको छ । अस्पताल प्रमुख डा प्रशान्त शाहका अनुसार सोमवार दिउँसो उपचारका लागि आएकाे...
१६ आश्विन २०८०, मंगलवार ०३:४०
नेकपा एमाले गण्डकीको अधिवेशनमा आज चार बजेपछि नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया अघि बढ्ने भएको छ । हिजाे दिउँसो उद्घाटनपछि पाेखरा सभागृहमा अधिवेशनको बन्द सत्र चलेको थियो । अधिवेशनमा अध्यक्ष नवराज शर्माले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथि दिनभरि आठवटा...
१६ आश्विन २०८०, मंगलवार ०३:३८
भारतको पूर्वी राज्य झारखण्डमा ठूलो वर्षा र चट्याङका कारण आठ जनाको ज्यान गएको छ । क्षेत्रीय विपद् व्यवस्थापन निकायका अनुसार वर्षाका कारण आएको बाढी र डुबानका कारण अन्य कयौँ व्यक्ति घाइते भएका छन् । झारखण्डका केही भागमा शनिवारदेखि नै पानी...
१५ आश्विन २०८०, सोमबार ०३:०७
यस वर्षको मनसुन झण्डै एक हप्ता ढिलो गरी बाहिरिने भएको छ । सामान्यतया नेपालमा मनसुनको अवधि अक्टोबर २ तारिख अर्थात् आजसम्म हो । तर, यसमा एक/दुई दिन थपघट हुने मौसमविद्ले बताउँदै आएका छन् । यसपालि मनसुन बाहिरिने समयमा फेरि सक्रिय...
१५ आश्विन २०८०, सोमबार ०३:०४
दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । पोखराबाट सुर्खेतका लागि छुटेको ग १ ख ८४८५ नम्बरको बस आज बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको बबईसोता पुलको साइडमा दुर्घटना भएकाे हाे । बस सडकबाट खसेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घाइते...