२८ मंसिर २०८२, शनिबार

मुख्य समाचार

सर्लाहीमा बाढीले बगाउँदा दुई जनाको ज्यान गयो, ७२ जनाको उद्धार ।

२४ श्रावण २०८०, बुधबार ०६:५३

सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मंगलवार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ । सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको ज्यान गएको प्रहरी उपरीक्षक नरेशराज...

विषालु च्याउ खाँदा १२ जना बिरामी ।

२४ श्रावण २०८०, बुधबार ०६:५०

डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । आदर्श गाउँपालिका–२ कारङेमा मंगलवार विषालु च्याउ खाएर उनीहरु बिरामी भएका हुन् । दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी वरिष्ठ नायव निरीक्षक केशव...

पोर्चुगलको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर ।

२४ श्रावण २०८०, बुधबार ०६:४८

पोर्चुगलको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । दक्षिणी शहर ओडेमिरा नजिकको जङ्गलमा डढेलो फैलिएपछि नजिकैको जोखिम बस्तीका एक हजार ४ सय मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । त्यहाँ ८ सय भन्दा धेरै अग्नी नियन्त्रकसहित हेलिकप्टर परिचालन गरिएको छ...

भिमदत्त राजमार्ग अझै अवरुद्ध, सुदूरपश्चिमका सात पहाडी जिल्लाको सम्पर्क टुट्यो ।

२४ श्रावण २०८०, बुधबार ०६:४५

अविरल वर्षाका कारण भासिएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अझै खुलेको छैन । यो राजमार्ग अन्तरगत पर्ने कैलालीको गोदावरी नगरपालिका–४ को बुढितोलामा आएको पहिरोसँगै झण्डै दुई सय मिटर सडक भासिएको छ । पहिरो पन्छाउने काम भइरहे पनि थप...

बाजुरामा डेंगु सङ्क्रमण फैलिदै, ३ जनामा पुष्टी ।

२३ श्रावण २०८०, मंगलवार ०४:४०

  बाजुरामा ३ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बाजुराका अनुसार बैशाख देखी यता ३ जनामा डेगु सङ्क्रमण पुष्टि भएको जनाएको छ । जिल्ला अस्पतालमा डेंगुको सङ्क्रमण पुष्टि भएका दुई जना पुरुष खप्तड छेडेदह गाउँपालिकाका रहेका छन...

महिला विश्वकप फुटबलमा आज दुई खेल हुँदै ।

२३ श्रावण २०८०, मंगलवार ०४:३६

महिला विश्वकप फुटबलमा आज दुई खेल हुँदैछन् । आज कोलम्बिया र जमैका दिउँसो पौने २ बजे तथा फ्रान्स र मोरक्को अपरान्ह पौने ५ बजे खेल्नेछन् । यसअघि हिजो भएको खेलमा नाइजेरियालाई टाइब्रेकरमा ४–२ ले हराउँदै इङ्ल्याण्ड र डेनमार्कलाई २ गोलले...

मकवानपुरको सिक्रेदोभानमा पहिरोमा परि बेपत्ता भएका ६ जनाको परिचय खुल्यो ।

२३ श्रावण २०८०, मंगलवार ०४:३५

मकवानपुरको सिक्रेदोभानमा पहिरोले घर बगाउँदा उद्धार गरिएकी एक महिलाको ज्यान गएको छ । अरु ६ जना अझै बेपत्ता भएका छन् । बिहान ४ बजे बाग्मती गाउँपालिका वडा नम्बर–५ सिक्रेदोभानमा भलसहित आएको पहिरोले घर बगाएको हो । स्थानीय अक्कलबहादुर स्याङ्तानको घर...

कैलालीमा ट्रकको ठक्करबाट युवतीको मृत्यु ।

२३ श्रावण २०८०, मंगलवार ०४:३४

  कैलालीमा ट्रकको ठक्करबाट युवतीको मृत्यु भएको छ। सोमवार राति १२ बजे घरबाट भागेकी गौरीगंगा नगरपालिका–८ की २३ वर्षीया अनिता चौधरीको ट्रकको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ। मध्यरातमा घरबाट भागेकी चौधरीकोे मानसिक सन्तुलन ठीक नभएको प्रहरीले बताएको छ। राति...

सर्लाहीमा सर्पले डसेर एक बालकको ज्यान गयो ।

२३ श्रावण २०८०, मंगलवार ०४:३२

सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मोहनपुरमा सर्पले डसेर एक बालकको ज्यान गएको छ । मोहनपुर मुस्लिम टोल बस्ने नजामुद्दिन अन्सारीका १२ वर्षका छोरा नुरसैद्द अन्सारीको सर्पको डसाइबाट ज्यान गएको हो। ईश्वरपुर नगरपालिका–१३ श्रीनगरमा रहेको मामाघरमा बस्दै आएका उनलाई सुतेकै ठाउँमा सर्पले डसेको...