२५ श्रावण २०८३, सोमबार

मुख्य समाचार

मलावीका उपराष्ट्रपतिसहित अरु ९ जना चढेकाे विमान बेपत्ता ।

२९ जेष्ठ २०८१, मंगलवार ०६:१५

पूर्वी अफ्रिकी राष्ट्र मलावीका उप–राष्ट्रपति साउलोस चिलिमा र अरु ९ जना चढेकाे विमान बेपत्ता भएको छ । मलावी डिफेन्स फोर्सको विमान हिजो बिहान राजधानी लिलोङ्वेबाट उडेपछि राडारबाट बाहिर गएर सम्पर्कविहिन भएको बीबीसीले जनाएको छ । यो विमान  एम्जुजु अन्तर्राष्ट्रिय विमानस्थलमा...

यस वर्षको मनसुन नेपाल भित्रियो

२८ जेष्ठ २०८१, सोमबार ०८:५५

यस वर्षको मनसुन सरदर मितिभन्दा तीन अगाडि नै नेपाल भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख भए पनि तीन दिन अगाडि अर्थात् आज जुन १० तारिखमै भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशबाट नेपाल भित्रिएको मनसुन क्रमिक...

झोलुंगे पुलमा फसेका खच्चडको पाँच घन्टा लगाएर उद्धार, दुइटा बचेनन्

२७ जेष्ठ २०८१, आईतवार ०९:३९

कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ मध्ये ११ वटा खच्चडको पाँच घन्टापछि जीवितै उद्धार गरिएको छ। आठ वटालाई पुलको जाली काटेर नदीमा खसालेर उद्धार गरिएको हो। नदीमा खसालेर डुंगामार्फत् खच्चडलाई तारेर नदी किनार लगिएको थियो। पुलको छेउ भागमा फसेका तीन...

माेदीकाे शपथ समाराेहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्ली प्रस्थान

२७ जेष्ठ २०८१, आईतवार ०९:२९

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे शपथ ग्रहण समाराेहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय रघुवीर महासेठ र नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, नेपाल...

पत्रकार महासङ्घको आज हुने भनिएको चुनाव स्थगित

२६ जेष्ठ २०८१, शनिबार ०३:४१

नेपाल पत्रकार महासङ्घको आज हुने भनिएको चुनाव स्थगित भएको छ । महासङ्घका अध्यक्ष विपुल पोखरेलले विज्ञप्ति निकालेर आजको लागि तोकिएको चुनाव स्थगित भएको जानकारी दिनुभएको हो। मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास भइरहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी...

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

२६ जेष्ठ २०८१, शनिबार ०३:०४

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ सार्वजनिक गरेको छ । मन्त्रालयको वेभसाइटमार्फत् प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदनमा विद्यालय, प्राविधिक र उच्च शिक्षा सुधारका लागि सरकारलाई सुझाव दिइएको छ । मुख्यगरी निजी विद्यालयलाई १० वर्षभित्र...

सुनको भाउमा फेरि नयाँ रेकर्ड : तोलाको एक लाख ४५ हजार रुपैयाँ पुग्यो

२५ जेष्ठ २०८१, शुक्रबार ०७:२८

सुनको भाउले आज फेरि नयाँ रेकर्ड कायम गरेको छ । हिजो एक लाख ४४ हजार पुगेर रेकर्ड कायम गरेको सुनको भाउले आज पुनः अर्को रेकर्ड कायम गरेको हो । आज सुनको भाउ एक हजार रुपैयाँले बढेर तोलाकाे एक लाख ४५...

भारतको उत्तराखण्डमा खराब मौसमका कारण ९ जना पदयात्रीको ज्यान गयो

२५ जेष्ठ २०८१, शुक्रबार ०३:०५

भारतको उत्तराखण्डको सहस्त्रताल आरोहणमा गएको कर्णाटकका २२ जनाको टोलीमध्ये नौ पदयात्रीको खराब मौसमका कारण बाटो बिराउँदा ज्यान गएको छ । उत्तराखण्डको स्टेट डिजास्टर रेस्पोन्स फोर्स (एसडिआरएफ)ले हिजो शुरुमा पाँच वटा शव फेला पारेको थियो । घटनास्थलबाट पछि थप चार शव...

प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री मोदीको शपथ समारोहमा भाग लिन जाने

२५ जेष्ठ २०८१, शुक्रबार ०३:०४

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन जाने हुनुभएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीको शपथग्रहणमा सहभागिता जनाउने निर्णय भएको हो । राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)को समर्थनमा भारतीय प्रधानमन्त्री नरेन्द्र...

ताजा समाचार