६ श्रावण २०८३, बुधबार

राजनीति

अध्यक्ष ओलीको आग्रहः धितो न जमानीको मान्छेलाई भोट दिएर मत खेर नफाल्नुस्

९ माघ २०८२, बिहीबार ०६:३८

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धितो न जमानीको मान्छेलाई मत दिएर आफ्नो मत खेर नफाल्न आग्रह गरेका छन् ।  झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आग्रह गरेका हुन् । बैंकले नोट छाप्दा...

मन्त्रिपरिषद् बैठक बस्दै

९ माघ २०८२, बिहीबार ०६:३१

काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही र निर्वाचन तयारीबारे छलफल हुनुका साथै आवश्यक निर्णय हुने एक मन्त्रीले बताए ।

स्याङ्जामा कुनै उम्मेदवारविरुद्ध परेन उजुरी

९ माघ २०८२, बिहीबार ०६:२५

स्याङ्जा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जाका दुवै निर्वाचन क्षेत्रका उम्मेदवारविरुद्ध कुनै पनि उजुरी परेको छैन । तोकिएको समयभित्र कसैले पनि उम्मेदवारको योग्यतामाथि दाबी विरोध नदिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका दुई निर्वाचन...

रौतहटमा १४३ जनाको मनोनयन

८ माघ २०८२, बुधबार ०९:१६

रौतहट । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटमा १ सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । रौतहटको चार वटा निर्वाचन क्षेत्रमा कुल १ सय ४३ जनाले उम्मेदवारी दिएको रौतहटका मुख्य निर्वाचन अधिकृत मनोजकुमार केसीले बताए । रौतहट...

पर्सामा १०६ जना उम्मेदवार

८ माघ २०८२, बुधबार ०९:१३

वीरगञ्ज । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा जिल्लाको ४ निर्वाचन क्षेत्रमा १ सय ६ जना उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । पर्सा क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका अनिल कुमार रुंगटा, नेकपा एमालेका प्रदीप यादव, कम्युनिस्ट पार्टी (नेकपा)...

विशेष महाधिवेशनकाे विराेध गरेका शेखरले गगनसँग लिए भाग

८ माघ २०८२, बुधबार ०९:०९

६ माघ, विराटनगर । नेपाली कांग्रेस नयाँ नेतृत्वसँग नेता शेखर कोइरालाले भागवण्डामा टिकट लिएका छन् । विशेष महाधिवेशनको विरोध गर्दै आएका कोइरालाले निर्वाचन आयोगबाट गगन थापाको नेतृत्वले मान्यता पाएपछि काेशी प्रदेशमा सम्मानजनक सिट संख्या लिएर उम्मेदवारी दिएका हुन् । १४...

नेपाको चुनावी उपस्थिती विस्तार : १२० क्षेत्रमा उम्मेदवार मैदानमा

८ माघ २०८२, बुधबार ०८:१९

उज्यालो नेपाली पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १२० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । पार्टीका नेता जितराम लामाका अनुसार केही निर्वाचन क्षेत्रको विवरण आउन बाँकी रहेकाले अन्तिम संख्या अझै बढ्न सक्ने सम्भावना छ । अहिलेसम्म १२०...

युद्धपछिको जापानकै गम्भीर घटना’ : आवे हत्यारालाई आजीवन काराबास

८ माघ २०८२, बुधबार ०६:२२

जापानको एक अदालतले पूर्व प्रधानमन्त्री सिन्जो आवेको हत्या गर्ने अभियुक्त तेत्सुया यामागामीलाई आजीवन काराबासको सजाय सुनाएको छ । ४५ वर्षीय यामागामीले तीन वर्षअघि चुनावी सभाका क्रममा अवेमाथि गोली प्रहार गरी हत्या गरेका थिए । अभियोजक पक्षले यो घटनालाई ‘युद्धपछिको जापानी...

रुकुम पश्चिममा जनार्दन शर्माको उम्मेदवारी दर्ता

७ माघ २०८२, मंगलवार १०:४७

रुकुम । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् । उनी यसअघि तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका...