आज कोशी, बाग्मती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार कोशी प्रदेशका एकरदुई ठाउँमा दिउँसो र राति पनि ठूलो वर्षाको सम्भावना छ ।
यस्तै, राति गण्डकी प्रदेशका एकरदुई ठाउँमा पनि ठूलो पानी पर्ने उहाँले बताउनुभयो । अन्य पहाडी क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा खासै पानी पर्ने सम्भावना छैन । गएको शुक्रवार रातिदेखि आइतवारसम्म तराईका जिल्लासहित देशभर पानी परेको थियो । त्यसपछि भने पहाडी क्षेत्रमा मात्रै हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
नेपाल नजिक रहेको मनसुनको न्यून चापीय रेखा सर्ने क्रममा रहेकाले भोलिदेखि पानी पर्ने क्रम अझ घट्ने सम्भावना रहेको मौसमविद् झाले जानकारी दिनुभयो ।