७ मंसिर २०८१, शुक्रबार

दाङमा विषालु च्याउ खाएर बिरामी परेकी बालिकाको ज्यान गयो ।


दाङमा विषालु च्याउ खाएर बिरामी परेकी एक बालिकाको ज्यान गएको छ । बङ्गलाचुली गाउँपालिका(४ की ११ वर्षीया अस्मिता सुनारको हिजो ज्यान गएको हो ।

जङ्गलबाट ल्याएको च्याउ खाएर बिरामी परेकी उनको उपचारका क्रममा बुटवलमा ज्यान गएको हो । अस्मितालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि मङ्गलवार बेलुकी थप उपचारका लागि बुटवल लगिएको थियो ।

यस्तै, च्याउ खाएर बिरामी परेकी उनकी आमा २७ वर्षीया ईश्वरी सुनारको पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आईसीयूमा राखेर उपचार भइरहेको छ । उहाँका श्रीमान् अजय सुनारको पनि प्रतिष्ठानमै उपचार भइरहेको छ ।

अस्ति मङ्गलवार जङ्गलमा भेटिएको च्याउ पकाएर खाँदा बङ्गलाचुली गाउँपालिका–४ मा एकै घरका तीन जना बिरामी परेका थिए ।