अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।
हिजो बेलुका बँदेलले आक्रमण गर्दा अछामको तुर्माखाँद गाउँपालिका(३ की २६ वर्षीया दिला बयकको ज्यान गएको हो ।
मास गोडेर घर फर्कने क्रममा उहाँलाई बँदेलले आक्रमण गरेको स्थानीय धनबहादुर बुढाले जानकारी दिनुभयो । दिलाको अस्पताल लैजाने क्रममा ज्यान गएको हो ।