क्यानडाको पश्चिमी क्षेत्र डढेलोको उच्च चपेटामा परेको छ । त्यहाँको ब्रिटिश कोलम्बिया प्रान्तमा आपत्कालीन अवस्था घोषणा गरिएको छ ।
तीव्र गतिमा फैलिएको आगोले वेस्ट केलोना सहर वरपरका क्षेत्रहरूमा थप घरहरूमा क्षति गर्न सक्ने जोखिम छ । प्रान्तिय प्रमुख डेभिड एबीले परिस्थिति खराब बनेको र अत्यन्तै चुनौतीपूर्ण स्थितिमा रहेको बताउनुभएको छ ।
तीव्र गतिमा फैलिएको डढेलोले ६८ हजार हेक्टर जमिनमा क्षति गरेको छ । झण्डै ५ हजार मानिसलाई सुरक्षित ठाउँमा सार्न भनिएको छ ।
येलोनाइफलाई खाली गर्न दिइएको समयसीमा आधिकारिक रुपमा सकिएको बीबीसीले जनाएको छ । क्यानडा यसवर्ष डढेलोको सबैभन्दा खराब अवस्थामा छ । विज्ञहरूले तापमान र सुक्खालाई यसको मुख्य कारक मानेका छन् ।