७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026

बिहीबारदेखि राति र लामो दूरीको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह


काठमाडौं– नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि असोज १२ गतेसम्म अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

महासंघले विज्ञप्ति जारी गर्दै यातायात सेवा सञ्चालन गर्नुअघि सडकको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन व्यवसायी तथा चालकलाई अनुरोध गरेको छ। साथै, रातिको समयमा यात्रा नगर्न समेत आग्रह गरिएको छ।

अविरल वर्षाका कारण सडकमा बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसअघि नै सरोकारवालालाई सतर्क रहन आग्रह गरेको थियो।