काठमाडौं– त्रिपुरेश्वरमा भएको आत्मदाह घटनाको निष्पक्ष छानबिनको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बुधबार माइतीघरमा प्रदर्शन गरेको छ।
संगठनले घटनाबारे सत्यतथ्य सार्वजनिक गरी निष्पक्ष अनुसन्धान गर्न माग गरेको हो। त्रिपुरेश्वरमा बा २ ख ४२७४ नम्बरको बसका चालकले बसभित्रै आगो लगाएका थिए।
