१२ श्रावण २०८३, मंगलवार
   Turuntai Reporter

आज पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना ।

२२ श्रावण २०८०, सोमबार ०६:००

देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । नेपालमा मनसुनी वायुसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव परेकाले धेरै ठाउँमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले बाग्मती, गण्डकी र लुम्बिनी...

चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक पुरुषको ज्यान गयो ।

२२ श्रावण २०८०, सोमबार ०५:५१

चितवनमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । बाघको आक्रमणबाट खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङको ज्यान गएको हो । उहाँलाई खैरहनी नगरपालिका–१२ सहनपुरमा रहेको केरा घारीमा हिजो आइतवार दिउँसो बाघले आक्रमण गरेको थियो । चितवन राष्ट्रिय निकुञ्जको...

सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्यो, तीन जना घाइते ।

२२ श्रावण २०८०, सोमबार ०५:४६

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते भएका छन् । राजमार्गको बुटवल पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका–३ मा रहेको सिद्धबाबा क्षेत्र हेडबक्स नजिकै रहेको नाग मन्दिर अगाडि बिहान लु २ च २८४९ नम्बरको जीपमाथि...

पाकिस्तानमा रेल दुर्घटना, कम्तीमा ३० जनाको ज्यान गयो ।

२२ श्रावण २०८०, सोमबार ०५:४३

पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ । दुर्घटनामा ५० जनाभन्दा धेरै घाइते भएका छन् । ४५ किलोमिटर प्रतिघन्टाको सामान्य गतिमा गुडिरहेको हजारा एक्सप्रेस रेलका आठ वटा डिब्बा लिकबाट बाहिर गएका बीबीसी हिन्दीले जनाएको छ...

चीनको हेबेईमा बाढीमा पर‍ि १० जनाको ज्यान गयो ।

२१ श्रावण २०८०, आईतवार ०६:५३

चीनको हेबेईमा बाढीमा परि कम्तीमा १० जनाको ज्यान गएको छ । चीनको उत्तरी हेबेई प्रान्त बाओडिङमा आएको बाढीमा उनीहरुको ज्यान गएको हो । बाओडिङ सहर बेइजिङबाट झण्डै एक सय ५० किलोमिटर टाढा पर्छ । यो सहरका ६ लाखभन्दा धेरै मानिस...

उत्तराखण्ड पहिरोमा बेपत्ता भएका जुम्ला पातारासीका ११ जना जनाको परिचय खुल्यो ।

२१ श्रावण २०८०, आईतवार ०६:५०

भारतको उत्तराखण्डको गौरीकुण्डमा गएको पहिरोमा परि बेपत्ता भएका जुम्लाका ११ जनाको परिचय खुलेको छ । एकै घरका सात जनासहित गौरीकुण्डमा गएको पहिरोमा परि बेपत्ता भएका जुम्ला पातारासीका ११ जनाको परिचय खुलेको हो । बेपत्ता हुनेमा पातारासी(२ पेरे गाउँका ५५ वर्षीय...

भारतको श्रावस्तीमा कार दुर्घटना स् नेपालगञ्जका छ जनाको ज्यान गयो ।

२१ श्रावण २०८०, आईतवार ०६:४९

भारतको श्रावस्ती जिल्लामा कार दुर्घटना हुँदा बाँकेको नेपालगञ्जका ६ जनाको ज्यान गएको छ । भारतको बलरामपुरबाट नेपालगञ्जका लागि छुटेको भारतीय नम्बर प्लेट युपी ४७ डब्ल्यू १२१७ नम्बरको कार दुर्घटना हुँदा दुई परिवारका छ जनाको ज्यान गएको हो । दुर्घटनामा परि...

वैदेशिक रोजगार अभिमुखीकरण तालिम भएन प्रभावकारी, तालिम प्रदायकले गरेनन् मापदण्ड पूरा।

२१ श्रावण २०८०, आईतवार ०६:४६

नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सञ्चालित अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन नभएको पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार तालिम प्रदायक कतिपय सङ्घसंस्थाले अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ अनुसार मापदण्ड पूरा नगरी तालिम सञ्चालन गरेको पाइएको...

कर्णालीमा मात्रै चार प्रतिशत नागरिक बीमाको पहुँचमा ।

२१ श्रावण २०८०, आईतवार ०६:४५

कर्णाली प्रदेश जीवन बीमाको पहुँचमा निक्कै कमजोर देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा चार प्रतिशत नागरिकमात्र जीवन बीमा कार्यक्रमको पहुँचमा रहेको पाइएको हो । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय सुर्खेतले दिएको तथ्याङ्कअनुसार कर्णालीको कुल जनसङ्ख्याको...