२२ बैशाख २०८१, शनिबार ०५:१५
युद्धग्रस्त देश कङ्गोमा विस्थापितको शिविरमा भएको बम विस्फोटमा परी कम्तीमा १२ जनाको ज्यान गएको छ । पूर्वी शहर गोमामा रहेको शिविरमा हिजो विस्फोट भएको हो । घटनामा २० जनाभन्दा धेरै घाइते भएका समाचार संस्था एपीले जनाएको छ । आक्रमणको जिम्मा अहिलेसम्म...
२१ बैशाख २०८१, शुक्रबार ०९:२८
ब्राजिलको दक्षिणी राज्यमा केही दिनदेखि परेको भारी वर्षापछि बाढीका कारण एउटा जलविद्युत् आयोजनाको बाँध भत्किँदा ३० जनाभन्दा धेरैको ज्यान गएको छ । रियो ग्रान्डी डो सुल राज्यमा बाढीमा परेर अन्य ६० जना हराइरहेका स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ...
२१ बैशाख २०८१, शुक्रबार ०८:२३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिँदै उनले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगतले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए...
२१ बैशाख २०८१, शुक्रबार ०८:१५
काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुखले २३ गते डाकेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची राख्न सिफारिस भएको गण्डकी प्रदेश सभा सचिवालयले जनाएको छ ।
२० बैशाख २०८१, बिहीबार ०५:२७
अमेरिकामा रहेको कोलम्बिया युनिभर्सिटीमा हिंसात्मक झडप हुँदा धेरै व्यक्ति घाइते भएका र ३० जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । विश्वविद्यालयले विज्ञप्ति निकालेर त्यहाँ दैनिक रुपमा भईरहेको प्रदर्शन हिंसात्मक हुन थालेको र विद्यार्थी तथा अरु नागरिकले असुरक्षा महसुस गर्दै डरमा...
२० बैशाख २०८१, बिहीबार ०५:२६
धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडामा रहेको घट्टेखोला भन्ने ठाउँको एउटा घरमा आगलागी हुँदा वृद्ध दम्पतीको ज्यान गएको छ । गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा उहाँ र उहाँकी ७० वर्षीया पत्नी ठूली लामाको ज्यान गएको धादिङका प्रहरी प्रमुख...
१८ बैशाख २०८१, मंगलवार ०३:४१
इलाम २ बाट नेकपा (एमाले)का सुहाङ नेम्वाङ प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ । केहीबेरअघि सम्पन्न मतगणनामा नेम्वाङ २७ हजार ७७२ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर...
१८ बैशाख २०८१, मंगलवार ०३:४०
इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्य उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन योङहाङ लिम्बूसँगै १६ जना उम्मेदवारको धरौटी जफत भएको छ । लिम्बूसँगै एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई, राप्रपा उम्मेदवार लक्ष्मी गुरुङ लगायत १६ जनाको धरौटी जफत भएको हो...
१७ बैशाख २०८१, सोमबार ०९:३९
बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा भएकाे उपचुनावमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । एमालेका उम्मेदवार भण्डारी ११ हजार ६ सय १३ मत प्राप्त गरी विजयी हुनुभएकाे निर्वाचन आयाेगले जनाएकाे छ । भण्डारी २ सय ६७ मतान्तरसहित...