५ पुष २०८२, शनिबार
   Turuntai Reporter

दार्चुलामा खोला तर्ने क्रममा बगेर बेपत्ता भएका दुई जनाको शव फेला

१४ जेष्ठ २०८१, सोमबार ०७:०८

दार्चुलामा खोला तर्ने क्रममा बगेर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । मार्मा गाउँपालिका वडा नम्बर ५ मुरैमा आज बिहान गन्याड खोला तर्ने क्रममा स्थानीय २५ वर्षीया झुपा टमटा र अम्मर टमटाका ६ वर्षीय छोरा ऐन बि.क.लाई खोलाले...

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेशमा दलहरु सहमति नजिक

१२ जेष्ठ २०८१, शनिबार ०४:३८

सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेशमा सत्ता र विपक्षी दलका शीर्ष नेताहरु सहमति नजिक पुगेका छन् । हिजो कार्यदलस्तरमा भएको छलफलपछिको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम नराखी समितिको कार्यादेश बनाउने विषयमा दलहरु...

सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

१२ जेष्ठ २०८१, शनिबार ०४:३१

जिल्ला अदालत धनुषाले नागरिकतासम्बन्धी मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले हिजो सिरोहियालाई थप तीन हिरासतमा राखेर अनुसन्धन्धान गर्न अनुमति दिएको हो ।...

भारत महाराष्ट्रको रासायनिक कारखानामा विष्फोट हुँदा ८ जनाको ज्यान गयो

११ जेष्ठ २०८१, शुक्रबार ०३:५५

भारत महाराष्ट्रको एक रासायनिक कारखानामा विष्फोट हुँदा ८ जनाको ज्यान गएको छ ।  ६० जना घाइते भएका छन् । ठाणे जिल्लाको डोम्बिवलीमा रहेको फ्याक्ट्रीमा विष्फोट हुँदा वरपरका घरमा समेत  क्षति पुगेको बीबीसी हिन्दीले जनाएको छ । महाराष्ट्र सरकारका अनुसार विष्फोटका...

नीति तथा कार्यक्रममाथिको छलफल सकेर आजै पारित गर्ने सरकारको तयारी

११ जेष्ठ २०८१, शुक्रबार ०३:५३

प्रतिनिधिसभा र राष्ट्रियसभामा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरु हुँदैछ । सरकारले सदनमा पेस गरेको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बोलाइएको छ ।...

काभ्रेको महादेवटारमा दम्पती मृत फेला

९ जेष्ठ २०८१, बुधबार ०४:२३

काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारमा एक दम्पती मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार स्थानीय मानबहादुर बल र उहाँकी श्रीमती केकाइमाया मृत अवस्थामा भेटिनुभएको हो । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाकाअनुसार बल दम्पतीको टाउकोमा हम्मर प्रहार गरिएको पाइएको छ...

गर्मीका कारण दिल्लीका सबै विद्यालय बन्द गर्न निर्देशन

९ जेष्ठ २०८१, बुधबार ०४:२०

भारतको राजधानी दिल्लीमा गर्मी बढ्न थालेपछि सरकारले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । दिल्लीको तापक्रम ४७ डिग्री सेल्सियस पुगेपछि त्यहाँको सरकारले सबै विद्यालय बन्द गर्न आदेश दिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । शिक्षा निर्देशनालयले अस्ति सोमवार सूचना निकालेर...

सिरोहियालाई पक्राउ गरेकोमा पत्रकार महासङ्घ र मिडिया सोसाइटीद्वारा भर्त्सना

९ जेष्ठ २०८१, बुधबार ०४:११

नागरिकतासम्बन्धी कसुरको आरोपमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विषयमा नेपाल पत्रकार महासङ्घ, नेपाल मिडिया सोसाइटीलगायतले भर्त्सना  गरेका छन् । नेपाल पत्रकार महासङ्घले विज्ञप्ति निकालेर अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनासयबाट हुने राज्यशक्तिको दुरुपयोग पत्रकार महासङ्घले स्वीकार नगर्ने जनाएको...

आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस

९ जेष्ठ २०८१, बुधबार ०४:०९

आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जैविक विविधताका मुद्दाप्रतिको बुझाइ र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको छ । यस वर्षको जैविक विविधता...