२५ बैशाख २०८१, मंगलवार ०३:३०
ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा आइतवार एक टहरोमा भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको उपचारका क्रममा ज्यान गएको छ । पाँच जना घाइतेमध्ये आठ वर्षीया प्रिया गिरी र तीन वर्षीया एलिसा गिरीको हिजो बेलुका उपचारका क्रममा किष्ट अस्पतालमा ज्यान गएको जिल्ला...
२५ बैशाख २०८१, मंगलवार ०२:५८
आगोले जलेर ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आमाछोराको ज्यान गएको छ । हिजो दिउँसो हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा पुगेपछि खर जोगाउने क्रममा जलेर ५५ वर्षीया पुन्यमाया धमला र उहाँका छोरा १५ वर्षीय कञ्चन धमलाको ज्यान गएको हो । बाहुनडाँडा...
२४ बैशाख २०८१, सोमबार ०३:५३
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा हिजो भएको ‘डढेलो र आगलागीसम्बन्धी आपत्कालीन बैठक’ मा उहाँले आगालागीका ९० प्रतिशत घटना मानवीय कारणले हुने उल्लेख गर्दै आगो लगाउनेलाई कानुनअनुसार कारबाही...
२४ बैशाख २०८१, सोमबार ०३:५२
नेपाल कृषि अनुसन्धान परिषद् नार्कको ३३ औँ वार्षिकोत्सवको अवसरमा काभ्रेको पनौतीमा एक दिने बाली उपचार शिविर तथा वैज्ञानिक र किसानबीच अन्तरकृया कार्यक्रम सञ्चालन गरिएको छ । राष्ट्रिय कीट विज्ञान अनुसन्धान कार्यक्रम, खुमलटारको आयोजना र राष्ट्रिय बाली रोग बिज्ञान अनुसन्धान केन्द्र, खुमलटार...
२४ बैशाख २०८१, सोमबार ०३:५०
बागमती प्रदेश सरकारको स्वामित्वमा रहेका कार्यालयहरुमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेशभित्र नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा शुभारम्भ हुन लागेकाले सार्वजनिक बिदा दिने निर्णय भएको बाग्मती सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।...
२२ बैशाख २०८१, शनिबार ०५:१६
दक्षिण कोरियाले अबदेखि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया भाषा परीक्षाका लागि मागको तीन गुणा मात्रै आवेदन लिने भएको छ । पछिल्लो समयमा ईपीएसमार्फत दक्षिण कोरिया जानेका लागि आवेदन भर्नेको सङ्ख्या धेरै भएको र परीक्षा सम्पन्न गर्न वर्ष दिन लाग्ने...
२२ बैशाख २०८१, शनिबार ०५:१५
युद्धग्रस्त देश कङ्गोमा विस्थापितको शिविरमा भएको बम विस्फोटमा परी कम्तीमा १२ जनाको ज्यान गएको छ । पूर्वी शहर गोमामा रहेको शिविरमा हिजो विस्फोट भएको हो । घटनामा २० जनाभन्दा धेरै घाइते भएका समाचार संस्था एपीले जनाएको छ । आक्रमणको जिम्मा अहिलेसम्म...
२१ बैशाख २०८१, शुक्रबार ०९:२८
ब्राजिलको दक्षिणी राज्यमा केही दिनदेखि परेको भारी वर्षापछि बाढीका कारण एउटा जलविद्युत् आयोजनाको बाँध भत्किँदा ३० जनाभन्दा धेरैको ज्यान गएको छ । रियो ग्रान्डी डो सुल राज्यमा बाढीमा परेर अन्य ६० जना हराइरहेका स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ...
२१ बैशाख २०८१, शुक्रबार ०८:२३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिँदै उनले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगतले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए...