७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026

आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दलसँग आयोगको छलफल !


निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनमा आचारसंहिता कार्यान्वयनका विषयमा राजनीतिक दलसँग छलफल गरेको छ।

शुक्रबार निर्वाचन आयोगको कार्यालयमा आचारसंहित कार्यान्वयनका विषयमा छलफल भइरहेको छ। आगामी प्रतिनिधि सभाको निर्वाचनमा सहभागिताका लागि निवेदन दिएका सबै दल छलफलमा सहभागी छन्।

आयोगले निर्वाचन आचारसंहित तयार गरिसकेको छ। आइतबारदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ। त्यसैलाई लिएर दलहरूसँग छलफल आयोजना गरिएको आयोगले जनाएको छ।