८ मंसिर २०८१, शनिबार
   Turuntai Reporter

भारतको झारखण्डमा वर्षा र चट्याङका कारण आठ जनाको ज्यान गयो

१६ आश्विन २०८०, मंगलवार ०३:३८

भारतको पूर्वी राज्य झारखण्डमा ठूलो वर्षा र चट्याङका कारण आठ जनाको ज्यान गएको छ । क्षेत्रीय विपद् व्यवस्थापन निकायका अनुसार वर्षाका कारण आएको बाढी र डुबानका कारण अन्य कयौँ व्यक्ति घाइते भएका छन् । झारखण्डका केही भागमा शनिवारदेखि नै पानी...

आज दिनभरी पानी पर्ने र रोकिने क्रम चलिरहने : कोशी, मधेस र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

१५ आश्विन २०८०, सोमबार ०३:०७

यस वर्षको मनसुन झण्डै एक हप्ता ढिलो गरी बाहिरिने भएको छ । सामान्यतया नेपालमा मनसुनको अवधि अक्टोबर २ तारिख अर्थात् आजसम्म हो । तर, यसमा एक/दुई दिन थपघट हुने मौसमविद्ले बताउँदै आएका छन् ।  यसपालि मनसुन बाहिरिने समयमा फेरि सक्रिय...

पाेखराबाट सुर्खेतका लागि छुटेकाे बस दाङमा दुर्घटना, १४ जना घाइते

१५ आश्विन २०८०, सोमबार ०३:०४

दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । पोखराबाट सुर्खेतका लागि छुटेको  ग १ ख ८४८५ नम्बरको बस आज बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको बबईसोता पुलको साइडमा दुर्घटना भएकाे हाे । बस सडकबाट खसेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घाइते...

एमालेको गण्डकी प्रदेश अधिवेशन आजदेखि : कोशी र कर्णालीमा मतगणना शुरु हुँदै

१५ आश्विन २०८०, सोमबार ०३:०३

नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशन आजदेखि शुरु हुँदैछ । अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने एमालेले जनाएको छ । पोखरा अमरसिंह चोकमा हुने अधिवेशन शुरु हुनुभन्दा अगाडि हस्पिटल चोक, औद्योगिक क्षेत्र, बुद्धचोक र बसपार्कबाट र्याली निकाल्ने तयारी छ...

सुदुरपश्चिमका विभिन्न सीमानाकाबाट एकै दिन ८ सय ४२ जना भित्रीए

१५ आश्विन २०८०, सोमबार ०३:०२

सुदुरपश्चिमका विभिन्न सीमानाकाबाट एकै दिन ८ सय ४२ जना भित्रीएका छन्। भारतमा रोजगारीका लागि गएका सुदुरपश्चिमका विभिन्न जिल्लाका ८ सय ४२ जना आइतवार नेपाल भित्रीएका हुन्। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार सबैभन्दा बढी जोलाजिमी नाका दार्चुला भएर ४२१...

स्पेनको एक रात्रि क्लबमा भएको आगलागीमा परेर ज्यान गुमानेको सङ्ख्या १३ पुग्यो

१५ आश्विन २०८०, सोमबार ०३:०१

स्पेनको एक रात्रि क्लबमा भएको आगलागीमा परेर ज्यान गुमानेको सङ्ख्या १३ पुगेको छ । आइतवार बिहान मर्सिया सहरको बाहिरी भागमा रहेको टेट्रे नाइट क्लबमा आगलागी भएको थियो । प्रहरीका अनुसार १४ जना अझै बेपत्ता छन् ।  त्यसैले ज्यान गुमाउनेको सङ्ख्या...

ठगी आराेपमा अभिनेता अनमाेल केसी पक्राउ

१३ आश्विन २०८०, शनिबार ०२:५१

अभिनेता अनमोल केसी ठगी आरोपमा पक्राउ परेका छन् । अनुसन्धानका लागि भन्दै उनलाई भक्तपुरको साँगाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । चलचित्र ‘रावायण’ मा खेल्नका लागि केसीले १० लाख रुपैयाँ लिए पनि सम्झौता नगरेको र छायाङ्कनमा पनि नआएको भनी निर्माता...

१९ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि आज भारत र पाकिस्तान खेल्दै

१३ आश्विन २०८०, शनिबार ०२:४९

१९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज भारत र पाकिस्तान खेल्दैछन् । फाइनल खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ । पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा फाइनलमा पुगेको हो । सेमिफाइनलमा पाकिस्तानले भुटानलाई र भारतले नेपाललाई हराएको...

प्रधानमन्त्री प्रचण्ड चीनबाट फर्किँदै

१३ आश्विन २०८०, शनिबार ०२:४७

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कँदै हुनुहुन्छ । आठ दिनको चीन भ्रमण सकेर उहाँ चीनको स्वशासित क्षेत्र तिब्बतबाट स्वदेश फर्कन लाग्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन...