८ मंसिर २०८१, शनिबार
   Turuntai Reporter

एमाले प्रदेश अधिवेशन : बाग्मतीमा नेतृत्व छान्न आज मतदान, कर्णालीमा चुनावी प्रक्रिया शुरु हुँदै, कोशीको आज उद्घाटन

१२ आश्विन २०८०, शुक्रबार ०२:२६

नेकपा एमाले प्रदेश अधिवेशन अन्तर्गत बाग्मतीमा नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । कर्णालीमा चुनावी प्रक्रिया शुरु हुँदैछ भने कोशीको प्रथम अधिवेशन पनि आज उद्घाटन हुँदैछ । बाग्मती प्रदेश अधिवेशनमा नेतृत्व छान्न अहिले बिहानदेखि मतदान शुरु गर्ने तयारी छ । ललितपुरको...

प्रधानमन्त्री प्रचण्ड आज चीनकाे छेन्दु जाँदै

१२ आश्विन २०८०, शुक्रबार ०१:३०

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाँदै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लाग्नुभएको हो । उहाँ स्थानीय समयअनुसार ९ बजेर ४५ मिनेटमा मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने...

एसियाली खेलकुद : महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी खेले

११ आश्विन २०८०, बिहीबार १०:३८

१९ औँ एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी खेलेका छन् । आज बिहीवार चीनको वानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा भएको खेलमा दुवै टोलीले १/१ गाेल गरे । पहिलो हाफमा बङ्गलादेशकी सबिना खातुनले गोल गरेर अग्रता दिलाए पनि...

दोलखामा ४ किलो सुनसहित ३ जना पक्राउ

११ आश्विन २०८०, बिहीबार १०:२६

दोलखाको सिङ्गटीमा चार किलो सुनसहित तीन जना पक्राउ परेका छन् । अवैध तरिकाबाट ल्याएको चार किलो सुनसहित गए राति तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । पक्राउ परेकाहरुको नाम प्रहरीले खुलाएको छैन । उनीहरूले भरियाको रूपमा...

विश्व पर्यटन दिवस : आज पाटन दरबार सङ्ग्रहालय निःशुल्क अवलोकन गर्न पाइने

१० आश्विन २०८०, बुधबार ०९:०७

विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार सङ्ग्रहालयले विश्व पर्यटन दिवसको अवसरमा दरबार सङ्ग्रहालय अवलोकनका लागि आज टिकट शुल्क नलिने भएको छ । आगामी सोमवारदेखि विश्व पर्यटन दिवस मनाउन तयारी गरिरहेको पाटन दरबार सङ्ग्रहालयले आज विश्व पर्यटन दिवसको अवरमा आन्तरिक तथा...

८ दिनदेखि उभिएर धर्ना दिइरहेका ‘ई’ को स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोमा आयोगको ध्यानाकर्षण

१० आश्विन २०८०, बुधबार ०९:०६

राष्ट्रिय मानव अधिकार आयोगले आठ दिनदेखि काठमाण्डाैकाे राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा रहेका ‘ई’ को स्वास्थ्य अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले आज बुधवार विज्ञप्ति निकालेर साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै उभिएर धर्ना दिइरहेका ‘ई’ को...

बाजुरामा आठ महिनामा ३२ जनामा डेङ्गु सङ्क्रमण, प्रदेशभर तीन जनाको मृत्यु, ८ सय सङ्क्रमित

१० आश्विन २०८०, बुधबार ०९:०५

सुदूरपश्चिम प्रदेशकाे पहाडी जिल्ला बाजुरामा गएकाे आठ महिनामा ३२ जनामा डेङ्गु सङ्क्रमण भएको छ । त्यस्तै प्रदेशभर भने साेहि समयावधीमा ८ सय ७७ जनामा डेङ्गु सङ्क्रमण देखिएकाे सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । सुदूरपश्चिममा सबैभन्दा बढी सङ्क्रमण कैलाली, कञ्चनपुर...

न्युजिल्यान्ड र बङ्लादेश तथा इङ्ल्यान्ड र आयरल्यान्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आज

९ आश्विन २०८०, मंगलवार ०४:३७

न्युजिल्यान्ड र बङ्लादेशबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आज हुँदैछ । यो खेल मिरपुरमा नेपाली समय अनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ । तीन खेलको शृङ्खलामा पाहुना टोली न्युजिल्यान्डले १–० को अग्रता बनाएको छ । दोस्रो खेल न्युजिल्यान्डले ८६...

काठमाण्डाैबाट सुर्खेतका लागि छुटेकाे बस दाङमा दुर्घटना, २५ जना घाइते

९ आश्विन २०८०, मंगलवार ०४:३३

काठमाण्डाैबाट सुर्खेतका लागि छुटेकाे रात्रिबस दाङमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२-००१ ख ०३६२ नम्बरको बस आज बिहान पूर्व-पश्चिम राजमार्गको लमही नगरपालिका-९ शिवखोलामा दुर्घटनामा परेकाे हाे । घाइते भएकाहरुकाे उद्धार गरेर उपचारका लागि अस्पतालमा पठाउने काम भइरहेकाे...