१० मंसिर २०८०, आईतवार १३:३४
ग्रिसको एउटा मालवाहक जहाज लेस्बोस द्वीप नजिकै आँधीबेहरीका कारण डुबेको छ । जहाजमा रहेका १४ जना मानिस हराइरहेका ग्रिसका तटरक्षकले बताएका छन् । नौसेनाको एउटा हेलिकप्टरले चालक दलका एक जना सदस्यलाई भने उद्धार गरेको छ । जहाज नुनले भरिएको थियो...
१० मंसिर २०८०, आईतवार १३:३२
सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आउँदो वैशाख ९ र १० गते काठमाण्डौमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति छ । निर्देशक समितिको...
२ मंसिर २०८०, शनिबार ०२:५७
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तन मानिसका लागि गम्भीर चुनौती बनेको बताउनुभएको छ । नेपालजस्ता जलवायु परिवर्तनको जोखिममा रहेका देशले जलवायु परिवर्तनको भार वहन गरिरहेको भन्दै उहाँले विशेष गरी हिमालय क्षेत्रमा परेको प्रभावले लाखौँको जीवन र जीविकोपार्जनमा गम्भीर खतरा उत्पन्न...
२ मंसिर २०८०, शनिबार ०२:५५
कैलालीको धनगढीमा गएराति आगलागी भएको छ । आगलागीबाट एउटा मेडिकलसहित ८ वटा पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गएराति एक बजेदेखि शुरु भएको आगो पूर्णरुपमा निभाउने प्रयास भइरहेको छ । दुई वटा दमकल र सुरक्षाकर्मीको टोली तथा स्थानीय...
२ मंसिर २०८०, शनिबार ०२:५४
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा पूर्ण र आंशिक गरी अहिलेसम्म ६२ हजार १२ वटा घरमा क्षति पुगेको छ । जाजरकोट र रुकुम पश्चिमसहितका जिल्लामा आंशिक रुपमा ३५ हजार चार सय ५५ र पूर्णरुपमा २६ हजार पाँच सय ५७ घरमा क्षति...
२८ कार्तिक २०८०, मंगलवार १५:२९
नेकपा एमालेका युवा नेता महेश बस्नेतले टिकटक बन्द गर्ने सरकारी निर्णयको स्वागत गरेका छन् । साथै, उनले युट्युबलगायत अन्य सामाजिक सञ्जाललाई पनि नियमन गर्न माग गरेका छन् । ‘नेपालमा टिकटक ब्यान्ड गर्ने सरकारको स्वागतयोग्य निर्णय । अन्य सामाजिक सञ्जाल र...
२४ कार्तिक २०८०, शुक्रबार ०२:५९
संयुक्त राष्ट्र सङ्घको मानवअधिकार उच्चायुक्तले गाजामा भइरहेको द्वन्द्वका क्रममा इजरायल र हमास दुवैले युद्ध अपराध गरेका बताएका छन् । राष्ट्रसङ्घीय अधिकारी फोल्कर ट्युर्कले प्यालेस्टिनी लडाकु समूहले गरेको अत्याचार र बन्धकलाई अझै आफ्नो कब्जामा राखिरहने कार्य युद्ध अपराध रहेको टिप्पणी गर्नुभएको हो...
२४ कार्तिक २०८०, शुक्रबार ०२:५७
मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई प्रोत्साहनस्वरुप एक लाख रुपैयाँ उपलब्ध गराएको छ । छायाँनाथ रारा–१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह गरेपछि जोडीलाई नगरपालिकाले रकम उपलब्ध गराएको हो ।...
२४ कार्तिक २०८०, शुक्रबार ०२:५६
यूएईमा हुने जलवायु सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेपालले सहभागिता जनाउने भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) यूएईको दुबईमा मंसिर १४ देखि २६ गतेसम्म हुँदैछ । वन तथा वातावरण मन्त्रालयले...