=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार सम्हाल्नुभएकी सुशीलालाई बधाई दिएका छन्।
मनिपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, “नेपाल भारतको मात्र छिमेकी होइन, घनिष्ठ मित्र पनि हो। हामी साझा इतिहास, आस्था र प्रगतिपथद्वारा जोडिएका छौं।”
मोदीले सुशीलालाई नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा ऐतिहासिक जिम्मेवारी सम्हाल्नुभएकामा शुभकामना दिँदै यसलाई महिला सशक्तिकरणको उत्कृष्ट उदाहरण भएको बताए। उहाँले विश्वास व्यक्त गर्दै भने, “प्रधानमन्त्री सुशीलाजीको नेतृत्वमा नेपाल शान्ति, स्थिरता र समृद्धिको मार्गतर्फ अघि बढ्नेछ।”
प्रधानमन्त्री मोदीले अस्थिर राजनीतिक वातावरणबीच पनि नेपाली जनताले लोकतान्त्रिक मूल्यलाई सर्वोच्चमा राखेको भन्दै प्रशंसा गरे। साथै पछिल्ला दिनमा युवायुवतीहरूले सडक सरसफाइ र रंगरोगनमार्फत देखाएको सक्रियता र सकारात्मक सोचलाई प्रेरणादायी मात्र नभई नेपालको नयाँ उदयको संकेत भएको बताए।
मोदीले अन्त्यमा भने, “म नेपालको उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दछु।”