२३ मंसिर २०८२, सोमबार
   Turuntai Reporter

बाजुरामा डेंगु सङ्क्रमण फैलिदै, ३ जनामा पुष्टी ।

२३ श्रावण २०८०, मंगलवार ०४:४०

  बाजुरामा ३ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बाजुराका अनुसार बैशाख देखी यता ३ जनामा डेगु सङ्क्रमण पुष्टि भएको जनाएको छ । जिल्ला अस्पतालमा डेंगुको सङ्क्रमण पुष्टि भएका दुई जना पुरुष खप्तड छेडेदह गाउँपालिकाका रहेका छन...

महिला विश्वकप फुटबलमा आज दुई खेल हुँदै ।

२३ श्रावण २०८०, मंगलवार ०४:३६

महिला विश्वकप फुटबलमा आज दुई खेल हुँदैछन् । आज कोलम्बिया र जमैका दिउँसो पौने २ बजे तथा फ्रान्स र मोरक्को अपरान्ह पौने ५ बजे खेल्नेछन् । यसअघि हिजो भएको खेलमा नाइजेरियालाई टाइब्रेकरमा ४–२ ले हराउँदै इङ्ल्याण्ड र डेनमार्कलाई २ गोलले...

मकवानपुरको सिक्रेदोभानमा पहिरोमा परि बेपत्ता भएका ६ जनाको परिचय खुल्यो ।

२३ श्रावण २०८०, मंगलवार ०४:३५

मकवानपुरको सिक्रेदोभानमा पहिरोले घर बगाउँदा उद्धार गरिएकी एक महिलाको ज्यान गएको छ । अरु ६ जना अझै बेपत्ता भएका छन् । बिहान ४ बजे बाग्मती गाउँपालिका वडा नम्बर–५ सिक्रेदोभानमा भलसहित आएको पहिरोले घर बगाएको हो । स्थानीय अक्कलबहादुर स्याङ्तानको घर...

कैलालीमा ट्रकको ठक्करबाट युवतीको मृत्यु ।

२३ श्रावण २०८०, मंगलवार ०४:३४

  कैलालीमा ट्रकको ठक्करबाट युवतीको मृत्यु भएको छ। सोमवार राति १२ बजे घरबाट भागेकी गौरीगंगा नगरपालिका–८ की २३ वर्षीया अनिता चौधरीको ट्रकको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ। मध्यरातमा घरबाट भागेकी चौधरीकोे मानसिक सन्तुलन ठीक नभएको प्रहरीले बताएको छ। राति...

सर्लाहीमा सर्पले डसेर एक बालकको ज्यान गयो ।

२३ श्रावण २०८०, मंगलवार ०४:३२

सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मोहनपुरमा सर्पले डसेर एक बालकको ज्यान गएको छ । मोहनपुर मुस्लिम टोल बस्ने नजामुद्दिन अन्सारीका १२ वर्षका छोरा नुरसैद्द अन्सारीको सर्पको डसाइबाट ज्यान गएको हो। ईश्वरपुर नगरपालिका–१३ श्रीनगरमा रहेको मामाघरमा बस्दै आएका उनलाई सुतेकै ठाउँमा सर्पले डसेको...

आज दिनभरी झरीको सम्भावना, मधेस प्रदेशमा पनि वर्षा ।

२३ श्रावण २०८०, मंगलवार ०४:३०

आज दिनभरी झरी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गएरातिदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । धेरैजसो ठाउँमा आरीघोप्टे वर्षा भइरहेको छ । लगातारको वर्षाले देशका धेरैजसो नदी तथा खोलामा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले बाढीको...

मकवानपुरको बाग्मती गाउँपालिकामा पहिरो स् एक जनाको ज्यान गयो, पाँच जना बेपत्ता।

२३ श्रावण २०८०, मंगलवार ०४:२९

मकवानपुरको बाग्मती गाउँपालिका–५ मा पहिरोले घर बगाउँदा एक जनाको ज्यान गएको छ । पाँच जना बेपत्ता भएका छन् । लगातारको वर्षाका कारण पूर्वी मकवानपुरको बाग्मती गाउँपालिका–५ भोर्लेनीमा पहिरोले घर बगाउँदा बेपत्ता ६ जनामध्ये उद्धार गरिएकी सञ्चमाया स्याङ्तानको ज्यान गएको वडाअध्यक्ष...

आज पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना ।

२२ श्रावण २०८०, सोमबार ०६:००

देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । नेपालमा मनसुनी वायुसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव परेकाले धेरै ठाउँमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले बाग्मती, गण्डकी र लुम्बिनी...

चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक पुरुषको ज्यान गयो ।

२२ श्रावण २०८०, सोमबार ०५:५१

चितवनमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । बाघको आक्रमणबाट खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङको ज्यान गएको हो । उहाँलाई खैरहनी नगरपालिका–१२ सहनपुरमा रहेको केरा घारीमा हिजो आइतवार दिउँसो बाघले आक्रमण गरेको थियो । चितवन राष्ट्रिय निकुञ्जको...