४ चैत्र २०८२, बुधबार

मुख्य समाचार

कञ्चनपुरका उखु किसानले ३२ करोड रुपैयाँ अनुदान पाउन बाँकी

१४ मंसिर २०८०, बिहीबार ०४:२५

कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित भएका छन् । उनीहरुले गएकाे वर्षको अनुदान पाउन सकेका छैनन् । सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई अनुदान दिँदै आएको छ । सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा...

ग्रिसमा १४ जना सवार मालवाहक जहाज समुद्रमा डुब्यो

१० मंसिर २०८०, आईतवार १३:३४

ग्रिसको एउटा मालवाहक जहाज लेस्बोस द्वीप नजिकै आँधीबेहरीका कारण डुबेको छ । जहाजमा रहेका १४ जना मानिस हराइरहेका ग्रिसका तटरक्षकले बताएका छन् । नौसेनाको एउटा हेलिकप्टरले चालक दलका एक जना सदस्यलाई भने उद्धार गरेको छ । जहाज नुनले भरिएको थियो...

तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा

१० मंसिर २०८०, आईतवार १३:३२

सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आउँदो वैशाख ९ र १० गते काठमाण्डौमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति छ । निर्देशक समितिको...

जलवायु परिवर्तन मानिसका लागि गम्भीर चुनौती : प्रधानमन्त्री प्रचण्ड

२ मंसिर २०८०, शनिबार ०२:५७

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तन मानिसका लागि गम्भीर चुनौती बनेको बताउनुभएको छ । नेपालजस्ता जलवायु परिवर्तनको जोखिममा रहेका देशले जलवायु परिवर्तनको भार वहन गरिरहेको भन्दै उहाँले विशेष गरी हिमालय क्षेत्रमा परेको प्रभावले लाखौँको जीवन र जीविकोपार्जनमा गम्भीर खतरा उत्पन्न...

कैलालीको धनगढीमा आगलागी : मेडिकलसहित ८ वटा पसलमा क्षति

२ मंसिर २०८०, शनिबार ०२:५५

कैलालीको धनगढीमा गएराति आगलागी भएको छ । आगलागीबाट एउटा मेडिकलसहित ८ वटा पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गएराति एक बजेदेखि शुरु भएको आगो पूर्णरुपमा निभाउने प्रयास भइरहेको छ । दुई वटा दमकल र सुरक्षाकर्मीको टोली तथा स्थानीय...

भूकम्पबाट पूर्ण र आंशिक गरी ६२ हजार १२ वटा घरमा क्षति : ४० हजारभन्दा धेरै विद्यार्थी प्रभावित

२ मंसिर २०८०, शनिबार ०२:५४

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा पूर्ण र आंशिक गरी अहिलेसम्म ६२ हजार १२ वटा घरमा क्षति पुगेको छ । जाजरकोट र रुकुम पश्चिमसहितका जिल्लामा आंशिक रुपमा ३५ हजार चार सय ५५ र पूर्णरुपमा २६ हजार पाँच सय ५७ घरमा क्षति...

हमास र इजरायल दुवैले युद्ध अपराध गरे : संयुक्त राष्ट्र सङ्घ

२४ कार्तिक २०८०, शुक्रबार ०२:५९

संयुक्त राष्ट्र सङ्घको मानवअधिकार उच्चायुक्तले गाजामा भइरहेको द्वन्द्वका क्रममा इजरायल र हमास दुवैले युद्ध अपराध गरेका बताएका छन् । राष्ट्रसङ्घीय अधिकारी फोल्कर ट्युर्कले प्यालेस्टिनी लडाकु समूहले गरेको अत्याचार र बन्धकलाई अझै आफ्नो कब्जामा राखिरहने कार्य युद्ध अपराध रहेको टिप्पणी गर्नुभएको हो...

मुगुको छायाँनाथमा अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँ

२४ कार्तिक २०८०, शुक्रबार ०२:५७

मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई प्रोत्साहनस्वरुप एक लाख रुपैयाँ उपलब्ध गराएको छ । छायाँनाथ रारा–१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह गरेपछि जोडीलाई नगरपालिकाले रकम उपलब्ध गराएको हो ।...

यूएईमा हुने जलवायु सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालले सहभागिता जनाउने

२४ कार्तिक २०८०, शुक्रबार ०२:५६

यूएईमा हुने जलवायु सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेपालले सहभागिता जनाउने भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) यूएईको दुबईमा मंसिर १४ देखि २६ गतेसम्म हुँदैछ । वन तथा वातावरण मन्त्रालयले...