१८ माघ २०८२, शनिबार

मुख्य समाचार

कैलालीमा ट्रकको ठक्करबाट युवतीको मृत्यु ।

२३ श्रावण २०८०, मंगलवार ०४:३४

  कैलालीमा ट्रकको ठक्करबाट युवतीको मृत्यु भएको छ। सोमवार राति १२ बजे घरबाट भागेकी गौरीगंगा नगरपालिका–८ की २३ वर्षीया अनिता चौधरीको ट्रकको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ। मध्यरातमा घरबाट भागेकी चौधरीकोे मानसिक सन्तुलन ठीक नभएको प्रहरीले बताएको छ। राति...

सर्लाहीमा सर्पले डसेर एक बालकको ज्यान गयो ।

२३ श्रावण २०८०, मंगलवार ०४:३२

सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मोहनपुरमा सर्पले डसेर एक बालकको ज्यान गएको छ । मोहनपुर मुस्लिम टोल बस्ने नजामुद्दिन अन्सारीका १२ वर्षका छोरा नुरसैद्द अन्सारीको सर्पको डसाइबाट ज्यान गएको हो। ईश्वरपुर नगरपालिका–१३ श्रीनगरमा रहेको मामाघरमा बस्दै आएका उनलाई सुतेकै ठाउँमा सर्पले डसेको...

आज दिनभरी झरीको सम्भावना, मधेस प्रदेशमा पनि वर्षा ।

२३ श्रावण २०८०, मंगलवार ०४:३०

आज दिनभरी झरी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गएरातिदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । धेरैजसो ठाउँमा आरीघोप्टे वर्षा भइरहेको छ । लगातारको वर्षाले देशका धेरैजसो नदी तथा खोलामा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले बाढीको...

मकवानपुरको बाग्मती गाउँपालिकामा पहिरो स् एक जनाको ज्यान गयो, पाँच जना बेपत्ता।

२३ श्रावण २०८०, मंगलवार ०४:२९

मकवानपुरको बाग्मती गाउँपालिका–५ मा पहिरोले घर बगाउँदा एक जनाको ज्यान गएको छ । पाँच जना बेपत्ता भएका छन् । लगातारको वर्षाका कारण पूर्वी मकवानपुरको बाग्मती गाउँपालिका–५ भोर्लेनीमा पहिरोले घर बगाउँदा बेपत्ता ६ जनामध्ये उद्धार गरिएकी सञ्चमाया स्याङ्तानको ज्यान गएको वडाअध्यक्ष...

आज पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना ।

२२ श्रावण २०८०, सोमबार ०६:००

देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । नेपालमा मनसुनी वायुसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव परेकाले धेरै ठाउँमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले बाग्मती, गण्डकी र लुम्बिनी...

चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक पुरुषको ज्यान गयो ।

२२ श्रावण २०८०, सोमबार ०५:५१

चितवनमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । बाघको आक्रमणबाट खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङको ज्यान गएको हो । उहाँलाई खैरहनी नगरपालिका–१२ सहनपुरमा रहेको केरा घारीमा हिजो आइतवार दिउँसो बाघले आक्रमण गरेको थियो । चितवन राष्ट्रिय निकुञ्जको...

सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्यो, तीन जना घाइते ।

२२ श्रावण २०८०, सोमबार ०५:४६

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते भएका छन् । राजमार्गको बुटवल पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका–३ मा रहेको सिद्धबाबा क्षेत्र हेडबक्स नजिकै रहेको नाग मन्दिर अगाडि बिहान लु २ च २८४९ नम्बरको जीपमाथि...

पाकिस्तानमा रेल दुर्घटना, कम्तीमा ३० जनाको ज्यान गयो ।

२२ श्रावण २०८०, सोमबार ०५:४३

पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ । दुर्घटनामा ५० जनाभन्दा धेरै घाइते भएका छन् । ४५ किलोमिटर प्रतिघन्टाको सामान्य गतिमा गुडिरहेको हजारा एक्सप्रेस रेलका आठ वटा डिब्बा लिकबाट बाहिर गएका बीबीसी हिन्दीले जनाएको छ...

चीनको हेबेईमा बाढीमा पर‍ि १० जनाको ज्यान गयो ।

२१ श्रावण २०८०, आईतवार ०६:५३

चीनको हेबेईमा बाढीमा परि कम्तीमा १० जनाको ज्यान गएको छ । चीनको उत्तरी हेबेई प्रान्त बाओडिङमा आएको बाढीमा उनीहरुको ज्यान गएको हो । बाओडिङ सहर बेइजिङबाट झण्डै एक सय ५० किलोमिटर टाढा पर्छ । यो सहरका ६ लाखभन्दा धेरै मानिस...