=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा सहभागी हुन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग प्रस्ताव राख्नुभएको छ । हिजो बेलुका अध्यक्ष नेपालको निवास कोटेश्वरमै पुगेर प्रचण्डले सत्ता साझेदारीको प्रस्ताव गर्नुभएको हो ।
रुघाखोकीले बिरामी नेपाललाई भेट्न भनेर प्रचण्ड पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित उहाँको निवास पुग्नुभएको थियो । प्रचण्डले गठबन्धनमा आउन प्रस्ताव गरे पनि अध्यक्ष नेपालले पार्टीमा छलफल नगरी निर्णय दिन नसक्ने जवाफ दिनुभएको छ ।
उहाँले पछिल्लो राजनीतिक घटनाक्रममा आफ्नो पार्टीलाई निक्कै उपेक्षा गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो । फेरिएको सत्ता गठबन्धनले नेता नेपाललाई निक्कै अप्ठेरोमा पारेको छ ।
माओवादी एकीकृत समाजवादीलाई सहकार्यमा लैजाने पक्षमा भए पनि एमाले अहिलेसम्म सकारात्मक देखिएको छैन । पार्टी फुटेदेखि नै नेता नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको सम्बन्ध बिग्रिएको छ ।