३ चैत्र २०८२, मंगलवार

मुख्य समाचार

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि आउँदो मङ्गलवार बेलुका पाँच बजेभित्र दाबी पेस गर्न आह्वान ।

१२ श्रावण २०८०, शुक्रबार ११:३६

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि आउँदो मङ्गलवार बेलुका पाँच बजेभित्र दाबी पेस गर्न आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले आउँदो १६ गते बेलुका पाँच बजेभित्र संविधानको धारा १६८ ९२० अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न...

सुनको भाउ लगातार बढ्दै, आज ८ सय रुपैयाँले महँगो ।

११ श्रावण २०८०, बिहीबार ०६:४८

सुनको भाउ आज पनि बढेको छ । हिजो तोलामा पाँच सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको ४ गते सुनको...

कम्बोडियाका प्रधानमन्त्री हुन सेनले छोरालाई सत्ता हस्तान्तरण गर्ने ।

११ श्रावण २०८०, बिहीबार ०६:४४

कम्बोडियाका प्रधानमन्त्री हुन सेनले आफ्ना छोरा हुन मानेतलाई सत्ता हस्तान्तरण गर्ने घोषणा गर्नुभएको छ । लामो समयसम्म सत्तामा रहने विश्वका नेतामध्ये एक हुन सेनले राजीनामा दिने र आउँदो अगस्टमा छोरालाई सत्ता सुम्पिने घोषणा गर्नुभएको हो । प्रधानमन्त्री सेनको यो घोषणा कम्बोडियामा...

नाइजरमा असन्तुष्ट सेनाको ‘कु’, संविधान विघटन गरी शासन सत्ता सम्हालेको घोषणा ।

११ श्रावण २०८०, बिहीबार ०४:०२

अफ्रिकी देश नाइजरमा सेनाले ‘कु’ गरेको छ । कर्णेल मेजर अमाडो अब्द्रामानेले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गरी देशको शासन सत्ता आफूहरुले सम्हालेको घोषणा गर्नुभएको छ । सेनाले संविधान विघटन गरी सबै सङ्घसंस्था निलम्बनको घोषणा गरेको छ । त्यहाँ सम्पूर्ण अन्तर्राष्ट्रिय सिमानाका...

परीक्षामा प्रश्नपत्र फरक परेको सम्बन्धमा त्रिविले छानबिन गर्ने ।

११ श्रावण २०८०, बिहीबार ०३:५४

त्रिभुवन विश्वविद्यालयले परीक्षामा प्रश्नपत्र फरक परेको सम्बन्धमा छानबिन गर्ने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले प्रश्नपत्र त्रुटिका सम्बन्धमा छानबिन गरी यथार्थ विवरण सार्वजनिक गर्ने जानकारी दिनुभएको छ । उहाँले आउँदा दिनमा प्रश्नपत्रमा त्रुटि नदोहोरिने गरी...

एक वर्षमा ३ हजार ६ सय ९५ फर्मको अनुगमन, ७ सय ९९ लाई कारबाही ।

११ श्रावण २०८०, बिहीबार ०३:४९

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो एक वर्षमा अनुचित व्यापारिक क्रियाकलाप गर्ने झण्डै ८ सय फर्मलाई कारबाही गरेको छ । विभागले गएको आर्थिक वर्ष २०७९र८० मा सात सय ९९ वटा व्यापारिक फर्म र कम्पनी तथा उद्योगलाई कारबाही गरी आर्थिक...

जहाज कुर्दा कुर्दै कोल्टीमा फेरी एक जना विरामीको मृत्यु ।

११ श्रावण २०८०, बिहीबार ०३:२९

सर्मिला रोकाया, कोल्टी, बाजुरा प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा एक जना विरामीको मृत्यु भएको छ । उच्च रक्तचापको समस्या जटिल देखिए पछि रिफर गरिएका मुगुका विर्खलाल कार्कीको स्वास्थ्य केन्द्रमै मृत्यु भएको हो । उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पुगेका कार्कीको उपचार...

प्रधानमन्त्री प्रचण्ड र बङ्लादेशका समकक्षी शेख हसिनाबीच भेट, द्विपक्षीय हित र चासोबारे छलफल ।

९ श्रावण २०८०, मंगलवार ०३:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटलीमा भेटवार्ता र छलफलमा व्यस्त हुनुभएको छ । प्रचण्ड र बङ्लादेशका प्रधानमन्त्री शेख हसिनाबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको छ । उहाँहरुबीच राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा गएराति भेटवार्ता भएको हो । भेटमा...

कालीखोलामा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड बन्द ।

९ श्रावण २०८०, मंगलवार ०२:५३

चितवनको कालीखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा रहेको कालीखोलामा बिहान पहिरो खसेको हो । बाटोमा पहिरो थुप्रिएको कारण सडक खण्ड भएर चल्ने गाडी दुईतर्फी नै रोकिएका जिल्ला प्रहरी कार्यालय...