=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तन मानिसका लागि गम्भीर चुनौती बनेको बताउनुभएको छ ।
नेपालजस्ता जलवायु परिवर्तनको जोखिममा रहेका देशले जलवायु परिवर्तनको भार वहन गरिरहेको भन्दै उहाँले विशेष गरी हिमालय क्षेत्रमा परेको प्रभावले लाखौँको जीवन र जीविकोपार्जनमा गम्भीर खतरा उत्पन्न गरेको उल्लेख गर्नुभएको छ ।
दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटलाई भर्चुअलरुपमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्धारित लक्ष्यलाई समयसीमा भित्रमा पूरा गर्न सबै प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पेरिस सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि पूर्ण प्रतिबद्धताकासाथ नेपालले प्राकृतिक स्रोतको संरक्षण र दिगो व्यवस्थापन, प्रभावकारी अनुकूलन र न्यूनीकरणका उपाय अवलम्बन गरेको तथा हरियालीलाई प्रवर्द्धन गर्दै सन् २०४५ सम्ममा नेट जिरो शून्य उत्सर्जनमा पुग्ने लक्ष्य लिएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले विश्व समुदाय कोभिड–१९ महामारी, जलवायु परिवर्तन र गहिरो भूराजनीतिक जटिलताबाट उत्पन्न अभूतपूर्व सङ्कटको सामना गरिरहेको र त्यसबाट खाद्य, पोषण, स्वास्थ्य शिक्षा, अर्थव्यवस्था, वातावरण, शान्तिसुरक्षामा प्रभाव पारेको बताउनुभयो । उहाँले विकासोन्मुख देश त्यसमा पनि विशेषगरी अल्पविकसित देशहरु त्यसखालको सङ्कटबाट सबैभन्दा बढी प्रभावित भएको उल्लेख गर्नुभयो ।
खाद्यान्न र ऊर्जाको बढ्दो मूल्य, कठोर आर्थिक अवस्था र कमजोरीको निरन्तर चक्रले थप चिन्तित बनाएको प्रधानमन्त्रीको भनाइ छ । ग्लोबल साउथका धेरै देश ऋणको बोझमा परेका कारण स्वास्थ्य, शिक्षा, सामाजिक न्याय र अन्य महत्त्वपूर्ण राष्ट्रिय प्राथमिकतामा लगानीका लागि दबाबमा परेका पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभएको छ ।
विश्वले सामना गरिरहेका चुनौतीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायले शान्ति र समृद्धिको साझा लक्ष्यमा केन्द्रित हुनुपर्छ भन्ने आफूहरुको विश्वास रहेको प्रधानमन्त्रीकोे भनाइ थियो । आपसी विश्वास, साझेदारी, सहकार्य प्रवर्द्धन र एकताकासाथ काम गर्नु अत्यावश्यक भएकामा उहाँले जोड दिनुभयो ।
उहाँले सन् २०२६ सम्ममा नेपाल अल्पविकसित देशको सूचीबाट स्तरोन्नती हुने चरणमा पुग्ने र यो प्रक्रियालाई थप सहज, दिगो र अपरिवर्तनीय बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले विकासोन्मुख देशहरूको साझा लक्ष्य प्राप्तिका लागि अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीले भारतलाई सफल रुपमा जी–२० को अध्यक्षता गरेकामा बधाई ज्ञापन गर्नुभयो ।