२१ भाद्र २०८२, शनिबार ०३:०२
स्वास्थ्य बीमामा आबद्ध भएका विपन्न नागरिकले आउँदो कात्तिक १ गतेदेखि सहुलियत सुविधा पाउने भएका छन् । ८ प्रकारका कडा रोगमा एकीकृत सुविधा पाउन सकिन्छ । मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका बिरामीले यो सुविधा...
२१ भाद्र २०८२, शनिबार ०२:५९
थाइल्यान्डमा दुई वर्षमा तेस्रो प्रधानमन्त्री नियुक्त भएका छन् । थाइल्यान्डको संसदले व्यवसायी अनुतिन चार्नविराकुललाई देशको प्रधानमन्त्रीको रूपमा चयन गरेको बीबीसीले जनाएको छ । कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनसँगको फोनवार्ता चुहावट भएपछि नैतिक उल्लङ्घनको आरोपमा गएको हप्ता थाइल्यान्डको संवैधानिक अदालतले पेतोङतार्न शिनावात्रालाई...
२१ भाद्र २०८२, शनिबार ०२:५४
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भदौ शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाण्डौ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका ठाउँमा मनाइन्छ । भदौ शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक...
२० भाद्र २०८२, शुक्रबार ०२:५४
सरकारको निर्देशनअनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न थालेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपछि नेपाल टेलिकम र एनसेलले दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन् । नेपाल टेलिकमले सूचना निकालेर नेपालमा सूचीकरण नभइ...
२० भाद्र २०८२, शुक्रबार ०२:५१
नेपाल र बङ्गलादेशबीच हुने मैत्रीपूर्ण खेलको तयारी पूरा भएको छ । भोलि र आउँदो मङ्गलवार हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि सबै तयारी पूरा भएको एन्फाका प्रवक्ता सुरेश शाहले हिजो काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । प्रतियोगिताका दुई खेल...
२० भाद्र २०८२, शुक्रबार ०२:५०
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भन्सार शुल्कसम्बन्धी छिटो निर्णय गर्न भन्दै त्यहाँको सर्वोच्च अदालतमा याचिका दायर गरेको छ । अस्ति बुधवार याचिका दायर गर्दै सङ्घीय कानून अनुसार व्यापक आयात कर (ट्यारिफ) लगाउने अधिकार रहेको छिट्टै स्पष्ट गर्न आग्रह गरिएको एपी...
२० भाद्र २०८२, शुक्रबार ०२:४८
आज पनि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । मौसमविद्हरुले गएराति केही ठाउँमा ठूलो पानी पर्छ भने पनि कतैकतै हल्कादेखि मध्यम वर्षा मात्रै भयो । पछिल्लो १२ घण्टामा बैतडीमा ४२ मिलिमिटर र दार्चुलामा २८ मिलिमिटर पानी...
२० भाद्र २०८२, शुक्रबार ०२:४६
नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि शुरू हुँदैछ । ललितपुरको गोदावरीमा रहेको सनराइज हलमा हुने महाधिवेशनको पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । हिजो बसेको पार्टी सचिवालय बैठकले महाधिवेशनको कार्यतालिका स्वीकृत गरेको छ । महाधिवेशनमा...
१९ भाद्र २०८२, बिहीबार ०९:१०
सरकारले सूचीकृत हुन नआएका सबै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा आज बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरणका लागि सम्पर्कमा समेत नआउने सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको मन्त्रालयका...