१८ माघ २०८२, शनिबार

रास्वपा केन्द्रीय कार्यालयमा: बालेन, रबि र कुलमान छलफलमा !


रास्वपा सभापति रवि लामिछाने, ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौँका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ।  बनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा उनीहरुबीच छलफल चलेको हो।

पार्टी समायोजन, समानुपातिकको बन्दसूची सच्याउने लगायतका विषयमा निर्णय गर्न उनीहरु छलफलमा जुटेका हुन्। यसबारे निर्णय लिन रास्वपाले आइतबार दिउँसो १ बजे केन्द्रीय समितिको बैठक बोलाइएको छ।

शुक्रबार रवि र कुलमानबीच छलफल भएको थियो। त्यस्तै आज दिउँसो कुलमान, बालेन र रास्वपाका नेताहरू केन्द्रीय कार्यालयमै छलफलमा बसेका थिए।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’लाई साक्षी राखी यही पुस १४ गते रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

जस अनुसार रवि पार्टी सभापति, बालेन प्रधानमन्त्रीका उम्मेदवार एवं दलका नेता र कुलमान वरिष्ठ उपसभापति हुनेछन्।

तर, उज्यालो नेपाल पार्टीभित्र एकताबारे असन्तुष्टि बढेको छ। यसैबीच उज्यालो नेपाल पार्टीका नेताहरू शुक्रबार छुट्टै समानुपातिक सूची बुझाउन निर्वाचन आयोग पुगेको र आयोगले समय सकिएको भन्दै नमिल्ने जवाफ दिएको दाबी गरिएको थियो।

आजको छलफलमा यस बारे हुनेछ ।