७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026

अमेरिकाले सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन : रुसी विदेश मन्त्रालय !


शनिबार भएको अमेरिका र भेनेजुएला बिचको युद्दले विश्व राजनितिमा नयाँ चर्चाको स्थान पाएको छ । केहि समए चलेको युद्दमा भेनेजुएलाले आर्थिक तथा मानविय दुबै क्षति व्यहोर्नु परेको छ  भने  भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको दम्पतीलाई समेत गम्भिर आरोपमा अमेरिका आफ्नो नियन्त्रणमा लिएको छ।

जसको फलस्वरुप रुस लगाएत विश्व समाजमा नयाँ अन्तराष्ट्रिय राजनैतिक विचार बहसले स्थान पाएको छ। यसै क्रम रुसि रास्ट्रपति भलाद्मिर पुटिनलेको विदेश मन्त्रालयकाले भने यस घटनालाई अमेरिकाले कुनै देशको सार्वभौमिकता र अन्तराष्ट्रिय कानुनको गम्भिर उल्लघन गरेको भनि राजनैतिक सन्देश सम्प्रभाह गरेको छ।

रुसि मन्त्रालयका अनुसार “आजको अमेरिकी आक्रमणका क्रममा भेनेजुएलाका राष्ट्रपति र उनकी श्रीमतीलाई जबरजस्ती देशबाट बाहिर निकालिएको रिपोर्टबाट हामी गहिरो चिन्तामा परेका छौँ।’

‘यदि यो कुरा सत्य साबित भयो भने कुनै मुलुकको सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन हुनेछ।’ जसलाई क्युबाले पनि आक्रमणको संज्ञा सहित निन्दा गर्दै व्याख्या गरेको छ।