२० पुष २०८२, आईतवार १०:२८
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत प्रस्थान गरेका छन्। उनी नेपाल एयरलायन्सको विमानबाट आइतबार अपरान्ह छोरी गंगा दाहाललाई लिएर भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन्। नेपाली समाज भारतको आयोजनामा नयाँ दिल्लीमा हुने ‘एकता सन्देश सभा तथा साक्षात्कार...
२० पुष २०८२, आईतवार १०:२३
केन्द्रीय सुरक्षा समितिको बैठक गृह मन्त्रालयमा सुरू भएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बैठक बसिरहेको मन्त्रालयले जनाएको छ। बैठकमा देशका विभिन्न ठाउँहरूमा पछिल्ला दिनहरूमा देखिएका केही सामाजिक र धार्मिक घटनाक्रमको समीक्षा र वस्तुस्थितिको समग्र आकलन गरिने बताइएको छ। त्यस्तै आगामी...
२० पुष २०८२, आईतवार १०:१०
प्रधानमन्त्री सुशीला कार्कीसँग आज थारू समुदायको एक प्रतिनिधिमण्डलले भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिण्डलले प्रधानमन्त्री कार्कीलाई माघी महोत्सवमा उपस्थितिका निम्ति निम्तो पनि दिएको छ । माघी महोत्सव मूल आयोजक समितिका संयोजक एवम् थारू कल्याणकारिणी सभाका अध्यक्ष...
२० पुष २०८२, आईतवार ०९:५८
बंगलादेशले आगामी फेब्रुअरी मार्चमा हुने आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो खेल श्रीलंकामा सार्न अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) सामु प्रस्ताव गरेको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले कोलकता नाइट राइडर्सलाई बंगलादेशका फाष्ट बलर मुस्ताफिजुर रहमानलाई रिलिज गर्न भनेपछि बंगलादेशले...
२० पुष २०८२, आईतवार ०९:४३
नेपालको राजनिति पुनः एकपटक शक्ति सङ्घर्षको मोडमा आइपुग्दा भने पुराना भनिएका दलहरु विच भेटवार्ताले भने औपचारिकता पाएको छ, विशेषगरि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । आइतबार ललितपुरको च्यासलमा भएको भेटवार्तामा निर्वाचनको वातावरण बनाउने...
२० पुष २०८२, आईतवार ०९:३४
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक केन्द्रीय कार्यालय, वनस्थलीमा सुरु भएको छ। आइतबार अपराह्न सभापति रवि लामिछानेको सभापतित्वमा बैठक सुरु भएको हो। लामिछाने सभापतिको जिम्मेवारीमा फर्किएपछि पहिलो सचिवालय बैठक बसेको हो। आजको बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया...
२० पुष २०८२, आईतवार ०७:०३
काठमाडौं । चुनावी तालमेलको प्रयासमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले छलफल तीव्र पारेका छन् । आज बिहान मात्रै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डबीच भेटवार्ता भएको छ...
१९ पुष २०८२, शनिबार २३:५२
विगत लामो समयदेखिको धम्कीबीच अमेरिकाले शनिबार बिहानै भेनेजुएलामा आक्रमण गर्यो। स्थानीय समयअनुसार बिहान २ बजे अमेरिकाले भेनेजुएलाको राजधानी कारास्कससहित चार ठाउँमा सैन्य आक्रमण गर्दै ट्रम्पले लामो समयदेखिको चेतावनीलाई यथार्थमा बदलेका हुन्। घटना भएको केही घन्टापछि मात्रै ट्रम्पले भेनेजुएलामा अमेरिकाले आक्रमण...
१९ पुष २०८२, शनिबार १७:३०
रास्वपा सभापति रवि लामिछाने, ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौँका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। बनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा उनीहरुबीच छलफल चलेको हो। पार्टी समायोजन, समानुपातिकको बन्दसूची सच्याउने लगायतका विषयमा निर्णय गर्न उनीहरु छलफलमा जुटेका हुन्। यसबारे निर्णय लिन रास्वपाले...