६ श्रावण २०८३, बुधबार

राजनीति

१६४ जना समानुपातिक उम्मेदवारले लिए नाम फिर्ता

२९ पुष २०८२, मंगलवार ०८:२६

काठमाडौं । विभिन्न राजनीतिक दलको समानुपातिक सूचीमा रहेका १६४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले १६४ जना उम्मेदवारले नाम फिर्ता लिएको जानकारी दिए । नाम फिर्ता लिएकाहरूको ठाउँमा अर्को नाम पठाउन निर्वाचन आयोगले सम्बन्धित...

कांग्रेस विशेष महाधिवेशन : दोस्रो दिनको बन्द सत्र सुरु

२९ पुष २०८२, मंगलवार ०६:१७

काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनको बन्द सत्र सुरु भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्द सत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रियासमेत अगाडि बढाइने बताइएको छ । भृकुटीमण्डपमा बन्दसत्र जारी...

गगन-विश्वलाई शेखरले भने : केके कुरा हो लिखित आओस्, अनि मात्रै आउँछु

२८ पुष २०८२, सोमबार ०६:५६

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेकर कोइरालाले अहिलेकै अवस्थामा आफू भृकुटीमण्डप नजाने बताएका छन् । आफूनिकट नेताहरूसँगको छलफलमा उनले केही नेताहरूले भृकुटीमण्डप जान सुझाव दिए पनि आफू अहिलेकै अवस्थामा नजाने बताएका हुन् । ‘तपाईं कतिजनाले भृकुटीमण्डपमा जानुपर्छ भन्नुभयो ।...

गगनलाई शंकरको जवाफ : दास होइनौं, स्पार्टाकस हौं

२८ पुष २०८२, सोमबार ०५:०४

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लागे पनि ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्ने बताएका छन् । आइतबार विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री...

न्युयोर्कमा लोकतान्त्रिक समाजवादको अभ्यास गरिनेछ

२७ पुष २०८२, आईतवार ०४:२६

आजबाट नयाँ युगको थालनी भएको छ । आज म तपाईँहरूसामु छु । शपथ ग्रहणको यो पवित्र अवसरमा, तपाईँहरूले ममाथि राखेको विश्वास बोकेर न्युयोर्क सहरको ११२औँ मेयरको रूपमा उभिएको छु । मलाई भलीभाँती थाहा छ, म एक्लै उभिएको छैन । आज...

‘गुटबन्दी नहटाइए पुराना ताराहरूको योगदान व्यर्थ हुनेछ, कांग्रेसको भविष्य अन्धकारमय हुनसक्छ’

२७ पुष २०८२, आईतवार ०३:५५

काठमाडौं । राजनीतिज्ञ जयप्रकाश प्रसाद गुप्ताले नेपाली कांग्रेसभित्रको गुटबन्दी अन्त्य नभए कांग्रेसको भविष्य अन्धकारमय हुने बताएका छन् । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आजदेखि विशेष महाधिवेशन सुरु हुन लागेको परिदृश्यमा राजनीतिज्ञ गुप्ताको यस्तो भनाइ बाहिर आएको हो...

कांग्रेस विशेष महाधिवेशन आजदेखि सुरु हुँदै

२७ पुष २०८२, आईतवार ०३:४१

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ । कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन कार्यक्रम हुनेछन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा हुन लागेको महाधिवेशनमा पार्टीका नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति...

नोबेल समितिले भन्यो : ट्रम्पलाई शान्ति पुरस्कार हस्तान्तरण गर्न मिल्दैन

२७ पुष २०८२, आईतवार ०३:३७

काठमाडौं । नर्वेली नोबेल पुरस्कार समितिले नोबेल शान्ति पुरस्कार हस्तान्तरण गर्न, बाँड्न वा फिर्ता लिन नमिल्ने बताएको छ। भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना माचादोले आफूले पाएको सन् २०२५ को नोबेल पुरस्कार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिन सक्ने आशय व्यक्त गरेपछि...

हामी तयार छौं, तर चुनाव एकै चरणमा हुनुपर्छ : एमाले अध्यक्ष ओली

२६ पुष २०८२, शनिबार ०८:१४

काठमाडौं , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन एकै चरणमा हुनुपर्ने बताएका छन् । शनिबार ललितपुरको एकान्तकुनामा बसेको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । फागुन २१ गतेका लागि निर्वाचन तय भएको...