७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026

राजनीति

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

१३ चैत्र २०८२, शुक्रबार ०८:०४

नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिएका थिए । शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र...

बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

१३ चैत्र २०८२, शुक्रबार ०६:१०

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) अबको केहीबेरमा प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनी प्रधानमन्त्री हुने भएसँगै सुरक्षाकर्मीको उपस्थिति पनि बाक्लो बनाइएको छ । प्रहरी प्रधान कार्यालयले बालेनको पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)को रुपमा प्रहरी नायव...

नर्स निशा मेहता बनिन् स्वास्थ्यमन्त्री

१३ चैत्र २०८२, शुक्रबार ०६:०५

स्वास्थ्यकर्मीसमेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएकी छन् । समानुपातिकतर्फबाट सांसद बनेकी नर्ससमेत रहेकी उनी सुनसरी इनरुवाकी हुन् । स्वास्थ्य सेवामा संक्रिय रहे पनि रास्वपाको स्थापनाकालदेखि नै साधारण सदस्यता लिएर पार्टीसँग उनी आबद्ध थिइन्...

इन्जिनियर बालेनलाई शासनसत्ताको बागडोर

१३ चैत्र २०८२, शुक्रबार ०६:०१

 राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्रीमा नियुक्त बालेन्द्र शाहले  केहीबेरपछि शपथ लिँदैछन् । यससँगै उनी औपचारिक रुपमा नेपालको शासनको बागडोर सम्हाल्दै छन् । फागुन २१ को प्रतिनिधिसभा चुनावमा झापा ५ बाट निर्वाचित उनी संसद्को पहिलो यात्रामै प्रधानमन्त्री बनेका हुन् । नवा युवाहरूमाझ लोकप्रिय...

महान्याधिवक्ता भण्डारी : छोटो कार्यकाल, अनेकौं बद्‌‌नामी

१३ चैत्र २०८२, शुक्रबार ०५:५९

प्रधानमन्त्री सुशीला कार्की पदीय जिम्मेवारीबाट बिदा भए लगत्तै महान्यायाधिवक्ता सविता भण्डारी बरालले पनि पदबाट अवकाश लिने निश्चित भएको छ । उनले राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा दिँदैछिन् । करिब साढे ६ महिना सार्वजनिक पदमा रहदा सबैभन्दा बढी विवादास्पद निर्णय गरेकी सरकारी...

सांसदहरूलाई ओलीको निर्देशन– पार्टीका विचार बोल्नुपर्छ, आफूखुसी डम्फु बजाउन पाइँदैन

१२ चैत्र २०८२, बिहीबार ११:०६

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका विचार मात्रै संसद्मा बोल्न निर्देशन दिएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई मन लाग्यो बोलेँ भन्न नपाइने बताएका हुन् । ‘पार्टीका विचार त्यहाँ(संसद्मा) बोल्नुपर्छ...

रास्वपाको केन्द्रीय समिति बैठक जारी

१२ चैत्र २०८२, बिहीबार ११:०३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारीछ । सिंहदरबारस्थित प्रतिनिधिसभाको हलमा सांसदहरूको शपथ ग्रहण समारोह सम्पन्न भएलगत्तै रास्वपाका सांसदहरू बनस्थलीस्थित केन्द्रीय कार्यालय बनस्थली पुगेका थिए । बैठकमा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउनेबारे छलफल हुने बताइएको...

पार्टीमा एकता कायम गर्न सबै तहको भूमिका जरुरी : प्रकाशशरण महत

१२ चैत्र २०८२, बिहीबार ०७:३१

नेपाली कांग्रेसका नेता डा. प्रकाशरण महतले पार्टीमा एकता कायम गर्न सबै तहको भूमिका जरुरी रहेका बताएका छन् । पार्टीको केन्द्रीय कार्यसमितिले १५औं महाधिवेशनको कार्यतालिका पारित गरेको भोलिपल्ट उनले एकता कायम गर्नका लागि सबै तहको भूमिका जरुरी रहेको बताएका हुन् ।...

नेपाली बाहेकको भाषामा शपथ लिने सांसदको संख्या ६३ पुग्यो

१२ चैत्र २०८२, बिहीबार ०६:३१

नेपाली बाहेकको भाषामा शपथ लिने प्रतिनिधि सभा सदस्य (सांसद)हरूको संख्या ६३ पुगेको छ । संघीय संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिन्छु भनेर इमेल र भौतिक रुपमा उपस्थित भएर जानकारी गराएका हुन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको...

कार्की आयोग प्रतिवेदन : एआईजी शाहलाई कारबाही र पुरस्कार दुवै सिफारिस

१२ चैत्र २०८२, बिहीबार ०५:४३

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा एकै व्यक्तिमाथि कारबाही र पुरस्कार दुवै सिफारिस गरेको भेटिएको छ ।  आन्दोलनका बेला प्रहरी प्रधान कार्यालयको कार्य विभाग (हाल प्रहरी एकेडेमी) मा रहेका एआईजी सिद्धिविक्रम शाहलाई...