=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
श्रीलङ्काले यस वर्षको पहिलो ४५ दिनमा पर्यटनबाट सात अर्ब रुपी अर्थात् लगभग २२ दशमलव ४ मिलियन अमेरिकी डलर कमाएको छ ।
श्रीलङ्काको सरकारी सञ्चारमाध्यम ‘सन्डे अब्जर्भर’ का अनुसार पर्यटनबाट ४५ दिनमा कमाएको यो रकम अहिलेसम्मकै धेरै हो । अहिले श्रीलङ्कामा दैनिक नाै हजार जना पर्यटक पुगिरहेका खबरमा उल्लेख छ ।
४५ दिनमा तीन लाख छ हजार सात सय जना पर्यटक पुगेका छन् । श्रीलङ्का जाने पर्यटकमध्ये सबैभन्दा धेरै भारत, अस्ट्रेलिया, चीन, भारत र रुसका रहेका छन् ।
आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ मा श्रीलङ्कामा झन्डै १५ लाख जना पर्यटक पुगेका थिए । आर्थिकरूपमा टाट पल्टिएको श्रीलङ्कामा पछिल्लो समय पर्यटक ओइरिन थालेका छन् । आउँदो वर्षसम्म श्रीलङ्काले वार्षिक २५ लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ ।