=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
नेपाली कांग्रेसको महासमिति बैठकमा पेस भएका विभिन्न पाँच वटा प्रतिवेदनमाथि आजदेखि छलफल शुरु हुँदैछ । अस्ति सोमवारदेखि ललितपुरको गोदावरीमा शुरु भएको कांग्रेसको महासमिति बैठकमा हिजो पाँच वटा प्रतिवेदन पेस भएका थिए ।
बैठकमा पार्टीका उपसभापति तथा उपप्रधान/रक्षामन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गर्नुभएको हो ।
समूहगत छलफलबाट आएका सुझावका आधारमा प्रतिवेदन मारिमार्जनसहित पारित हुनेछन् । मुख्यगरी गठबन्धनको विषयलाई लिएर विवाद रहेको कांग्रेस बैठकमा महामन्त्री थापाको गठबन्धन नगर्ने प्रस्तावले प्रवेश पाएको छ ।
सभापति शेरबहादुर देउवा, महामन्त्री थापा र अन्य केही नेताबीच विवादित विषयमा सहभागीको सुझावका आधारमा परिमार्जन गर्ने सहमतिपछि हिजो प्रतिवेदन पेस भएका हुन् । विवादित विषयमा प्राप्त सुझावका आधारमा केन्द्रीय समितिले निर्णय लिने तर यसको स्वामित्व भने महासमिति बैठकको हुने नेताहरुको भनाइ छ । समूहगत छलफलबाट आएका सुझावका आधारमा प्रतिवेदन मारिमार्जनसहित पारित हुनेछन् । महासमिति बैठक पर्सि १० गतेसम्म चल्नेछ ।