=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजदेखि समूहगत छलफल हुँदैछ । बैठकमा विभिन्न ६ वटा प्रस्ताव पेस भएका छन् ।
हिजोदेखि शुरु भएको बैठकमा पार्टीको समग्र साङ्गठनिक कामको समीक्षा, पार्टीको शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका विषय र समसामयिक प्रस्ताव छन् । ती प्रस्तावमा छलफलका लागि नौ वटा समूह बनाइएको छ ।
बिहान १० बजेदेखि समूहगत छलफल शुरु हुने नेताहरुले बताएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलले पेस गरेका प्रस्तावमा पार्टीका निर्णय कार्यान्वयन गर्न नसक्नु, गुट/उपगुट मौलाउनु, नागरिकमा विश्वास जाग्न नसक्नुलगायतका कारण उल्लेख छन् ।
महासचिव शंकर पोखरेलले पेस गरेको सङ्गठनात्मक प्रस्तावमा केन्द्रीय कमिटीले गरेका निर्णयको समीक्षा गरिएको छ । उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको कामकारबाहीबारे जनदबाब र जनपरिचालनसम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ । बैठक पर्सि १० गतेसम्म चल्नेछ ।