=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्न अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिनुभएको छ ।
नेपाल बैङ्कर्स सङ्घका प्रतिनिधिहरूसँग कुरा गर्दै मन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैङ्कको ऋण तिर्दिन भन्ने र तिर्नुहुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने बताउनुभयो ।
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैङ्कको ऋण नर्तिन भड्काउँदै हिँड्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएकोसमेत उहाँले जानकारी गराउनुभयो ।
निजी क्षेत्रको मनोबल घटाउने प्रवृत्तिले अर्थतन्त्र र देशको समग्र समृद्धिको यात्रालाई अवरुद्ध पार्ने भएकाले सरकारले लगानीकर्ताको मनोबल गिर्न नदिने मन्त्री पुनको प्रतिबद्धता छ ।