=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ टी–२० अन्तराष्ट्रिय वरीयतामा नेपाली खेलाडीले ब्याटिङ र अलराउन्डर दुवैतर्फ राम्रो सुधार गरेका छन् । ब्याटिङतर्फ रोहित पौडेलले एकै पटक ३६ स्थान सुधार गर्दै ५४ औँ स्थानमा आएका छन् ।
त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३१ स्थान सुधार गर्दै ७० औँ स्थानमा छन् । अलराउन्डरतर्फ दीपेन्द्रसिंह ऐरीले एकै पटक ४८ स्थान सुधार गर्दै २७ औँ स्थानमा आएका छन् । कुशल मल्ल २७ स्थान सुधार गर्दै ३५ औँ स्थानमा छन् । अलराउन्डरतर्फ गुलशन झा २२ स्थान सुधार गर्दै ७२ औँ स्थानमा छन् ।
यस्तै अलराउन्डरतर्फ करण केसी २४ स्थान सुधार गर्दै ८१ औं स्थानमा छन् । अलराउन्डरतर्फ रोहित पौडेलले एकै पटक ८८ स्थान सुधार गर्दै ९२ औँ स्थानमा छन् । टी–२० अन्तराष्ट्रिय वरीयतामा नेपाल १६ औँ स्थानमा यथावत छ ।
एक दिवसीयतर्फ नेपाल १५ औँ स्थानमा यथावत छ । एक दिवसीय ब्याटिङ वरीयतामा कुशल भुर्तेलले एक स्थान सुधार गर्दै ७७ औँ स्थानमा छन् । आसिफ शेख ७३ औँ र रोहित पौडेल ९५ औँ स्थानमा यथावत छन् । दीपेन्द्र ओडीआईको नयाँ बलिङ वरीयतामा एक स्थान सुधार गर्दै ६३ औं स्थानमा छन् ।
सोमपाल कामी ८० औँ र ललित राजवंशी ५४ औँ स्थानमा यथावत छन् । ओडीआई अलराउन्डरतर्फ दीपेन्द्रले एक स्थान सुधार गर्दै ४६ औँ स्थानमा छन् । सोमपाल कामी ५५ औँ र कुशल मल्ल ५१ औँ स्थानमा यथावत छन् ।